हिमाल डायरी

Share:
  

 

१ पुसः मुगु–गमगढी–नाग्मा सडक निर्माण पूरा भएपछि मुगु सदरमुकाम गमगढीमा गाडी पुग्यो।  
 
२ पुसः राजतन्त्रकालीन राजपरिषद् स्थायी समितिका सभापति केशरजंग रायमाझीको ९३ वर्षमा निधन। 
 
३ पुसः राष्ट्रपति डा. रामवरण यादवद्वारा अन्तरिम संविधानको धारा ३८ (१) अनुसार राष्ट्रिय सहमतिको सरकार गठन गर्ने म्याद पाँचौं पटक पाँच दिनका लागि थप।  
 
५ पुसः भाषा–संस्कृतिका सुपरिचित अध्येता पूर्णप्रकाश नेपाल 'यात्री'को ७८ वर्षको उमेरमा निधन। 
 
५ पुसः शिव सेना, नेपाल नामक समूहद्वारा नागरिक दैनिकमा आक्रमण। प्रधानसम्पादक किशोर नेपालसहित पत्रकारहरूमाथि हातपात। आक्रमणको चौतर्फी निन्दा।  
 
६ पुसः दाङको तुलसीपुरस्थित ब्याङ्क अफ काठमाण्डूको शाखाबाट रु.२ करोड लुट। लुटका योजनाकार ब्याङ्ककै क्यासिएर खगेन्द्र बस्नेत। 
 
७ पुसः नेपाल आयल निगमद्वारा डिजल र मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई–दुई रुपैयाँ बढाउने र पेट्रोलमा दुई रुपैयाँ घटाउने निर्णय।  
 
८ पुसः निजी क्षेत्रका उद्योगी व्यवसायीको संस्था नेपाल उद्योग परिसंघको १०औं वार्षिक साधारणसभाद्वारा अध्यक्षमा नरेन्द्रकुमार बस्न्यात निर्विरोध चयन। साधारणसभामा नोवेल शान्ति पुरस्कार विजेता प्रा. मोहम्मद युनुस मुख्य वक्ता।  
 
९ पुसः राष्ट्रपति डा. रामवरण यादव भारतको ६ दिने औपचारिक भ्रमणका क्रममा बनारस प्रस्थान।  
 
९ पुस :  पुराना कम्युनिष्ट नेता गौरीभक्त प्रधानको ९१ वर्षमा निधन। 
 
१० पुसः सर्वोच्च अदालतका पूर्व न्यायाधीश वासुदेव शर्माको ९६ वर्षमा निधन।  
 
११ पुसः बारा प्रस्टोकाकी विन्दु ठाकुर (१८) को जलाएर हत्या।  
 
१२ पुसः सरकारद्वारा नेपाली सेनाका प्राविधिक उपरथी नरेश बस्नेतलाई विशेष पद सिर्जना गरेर दुई वर्षका लागि नियुक्त। 
 
यस वर्षको लेखनाथ साहित्य पुरस्कार मदनमणि दीक्षितलाई दिने छनोट समितिको निर्णय।  
 
१३ पुसः सुर्खेतमा ना. २ ख ५७४१ नम्बरको बस दुर्घटना हुँदा १५ को मृत्यु। 
comments powered by Disqus

रमझम