इस्वीको नयाँ वर्ष २००३ मनाइँदै थियो । आधुनिक बाजा थिएन, र कुनै सिंगारपटार पनि थिएन । थिए त– एक गायक र सात श्रोता । र, महफिल चल्यो दुई घण्टा । पहिलो उपहार थियो, नेपालीमा दोहोरो कुरा गर्न नसक्ने अवधी भाषीले बनाएको/गाएको पहिलो नेपाली गजलः
यो नेपाली लोकलयमा थिएन । न त नेपाली गायनको सूर तालमा यो दरिन्थ्यो । उर्दू गजल गायनको फाँकीमा नेपाली शब्दहरू झ्रिरहेका थिए, लम्बोत्तर अन्तरामा । घुमिरहेका, गुजुल्टिरहेका तानमा— कति छ अनिऽऽश्चितऽऽऽयो जीवनऽऽकहानीऽऽऽ सिद्धार्थले बुद्धत्व प्राप्त गर्दाको ज्ञानसूत्र “अनित्य जीवन” पनि गाए, केही हप्ता अघिमात्र रमजान सकेका अब्दूलले । उनका रचना जुन धर्मसँग मिलोस् त्यसले फरक पार्दैन, उनको चिन्तनमा ।
उनले यो नेपाली गजल गाउन ७ महिनादेखि अभ्यास गरेका रहेछन् । भन्छन्, “हिमाल मा मेरोबारे छापिएको लेख पढ्नेले ओ हो ! अब्दूल तिमी त गजबका मान्छे रहेछौ भन्न थाले । तर, म बबुरो भने जिल्ल थिएँ । अनि आफन्तलाई लेख अथ्र्याउन लगाएँ । मेरो गीत पनि नेपाली उल्था भएछ (उनले उर्दूमा दिएका थिए), गाएर हेरेँ, राम्रो लाग्यो । अनि ठानेँ– नेपालीमा रच्न सके त अझै इज्जत बढ्ला । आखिर म नेपाली नै हुँ । त्यसैले नेपाली राम्ररी सिक्ने अठोट गरेँ । एउटा रचना गर्ने सुरमा सोध्दै हिँडेँ– “नाव” लाई के भनिन्छ, जवाफ पाएँ– डुङ्गा । त्यसै गरेर अरु शब्दहरू जानेँ । त्यसकै आधारमा गीत बन्यो । तर लय दिन सकिन, उर्दू लयमा गाइदिएँ । धेरैले मन पराए– केहीले सुधार पनि गरिदिए, अनि मात्र तपाईँहरूलाई सुनाएको । कस्तो लाग्यो ?” मोहनले भने, “राम्रो लाग्यो ।” अरुले पनि थपे, “राम्रो लाग्यो ।” सुललित हुँदोरहेछ, उर्दू लयमा नेपाली गायन । यो प्रयोगले आफ्नो छुट्टै पहिचान बनायो भने उनले नेपाली भाखा नजानेको पनि फाइदाजनक नै हुन्छ कि ?
अब्दुलकाबारे हिमाल (१६–३० असोज २०५८) मा छापिएपछि उनको जीवनमा नाटकीय परिवर्तन आएछ । नेपाल टेलिभिजन कोहलपुर केन्द्रले उनको विस्तृत जीवन–वृत्त बनाएर प्रसारण गरेछ । उनी रातारात नायक भएछन्, अवध प्रदेशको । उनको झ्ुपडीमा मान्छेको ताँती लागेछ, परिवार र छिमेकीहरू एक पटक त डराएछन्, पनि । भारत महमुदावादमा आयोजना हुने अल इण्डिया मुशायरा (कविहरूको जमघट) का लागि निम्तो पनि आएछ । अब्दूल सम्झ्न्छिन्, “निकै फोन आए । भेटघाट र कुरा गर्न समय माग्थे । पत्रकार/साहित्यकारहरू त के के सोध्ने के के ! मेरो भाइ र छोराले पनि टिभीमा अन्तर्वार्ता दिन पाए । हाँसेको, खुशी भएको स्वास्नी पनि टिभीमा देख्न पाएँ । मेरो त के कुरा गर्नु, बिहान उठेदेखि राति सुत्ने बेलासम्मको फिल्म खिचेर देखाए ।” त्यतिबेला उनले न केही रच्न भ्याए, न कतै गाउन जान नै पाए, अन्तर्वार्ता र भेटघाटले उनलाई व्यस्त बनायो । भन्छन्, “रिक्सा पनि जेठो छोरालाई चलाउन लगाइदिएँ, पेट त भर्नै पर्यो ! टेलिभिजनवालाको गाडी चढेर परिवारको भोक मेटिँदैनथ्यो ।” एउटा रमाइलो प्रसङ्ग झ्क्दिै अब्दूलले भने, “हिमाल पढेपछि टेलिभिजनका पत्रकारहरूले समय मागेर हैरान पारे, अनि मैले पनि ठोक्दिएँ– पछि आउनोस्, अहिले फुर्सद छैन । (हाँसो) उनीहरू झ्न् सताउन थाले । मलाई भने त्यसरी सताएको मजा लाग्यो ।”
अचेल उनी सफा कुर्ता पाइजामा, दोसल्ला र काश्मिरी टोपीमा सजिएर निस्कन्छन्– अण्डाको ‘सेल्स एजेन्ट’ बनेर । बिहान २ घण्टा काम गर्नुपर्ने, र तलब मासिक दुई हजार । “बल्ल केही कोर्न फुर्सद मिलेको छ,” उनले खुशी व्यक्त गरे– “पहिले त दिनभरि रिक्सै चलाउनु पथ्र्यो ! केही रच्न खोज्यो वा रियाज गर्न खोज्यो, सवारी आएपछि सब चौपट हुन्थ्यो ।” सेल्स एजेन्टको काम उनीबारे हिमाल मा छापिएपछि नै पाएका थिए ।
त्यतिमात्र होइन, विराटनगरका केही रिक्सावाला उनलाई भेट्न नेपालगञ्ज पुगे । हाम्रो रिक्सावाल पनि ठूलो मान्छे रहेछ भनेर एउटाले हिमाल किनेर उपहार दिएछ । अब्दूलले किनेको हिमाल चाहिँ सासू, ससुरा र साला मिलेर ससुराली पुर्याएछन् । उनी भन्छन्, “किनेर ल्यायो, कुन चाहिँले उडाइहाल्ने, आजित भएर मैले त्यो पानै लेमिनेशन गरेँ र बाकसमा हालेर राखेँ । जसलाई हेर्न मन छ, त्यही लेमिनेशन हेर्–जा !” उनलाई त्यो हरायो भने धेरै कुरा बिग्रन्छ होला जस्तो लाग्छ रे ! भन्छन्, “बहुत प्यारा है वह पन्ना, चुराए जानेका डर रहता है ।”
केही संस्थाले उनका गीत रेकर्डिङ गराउँदैछन् । उनको प्रतिभामाथि लगानी गर्नेहरू थपिँदैछन् । बुटवलका व्यापारी सलीम उनलाई भेट्न उनको घरमै पुगे । जसले ग्रामीण विकास ब्याङ्कको ऋण तिरिदिने भएका छन् । कवि गोष्ठीमा जाँदा पनि कम्तीमा दुई सय नगद हात पर्न थालेछ । उनको साहिँलो छोरो पनि गायकमा दरिएछ । “छिमेकीहरू आदर गर्छन् । स्वास्नी पनि रिसाउँदिन,” उनको प्राप्ति यति नै छ । उनले चाहेको तर नपाएको एउटै कुरा छ– त्यो हो, चार भाइ छोराको शिक्षा । “तिनलाई पढाउन सके मेरो जीवनको धोको पूरा हुने थियो,” हृदय खोल्छन् उनी ।
अब्दूलसँग कापी र कलम हुँदैन । रचनाहरू एउटा पानामा हुन्छ, झ्क्दिै पढ्दै गर्दा धुजा धुजा र मैलो भइसकेको हुन्छ । अनि त्यसै मिल्किन्छ । न फेरि देख्न पाइन्छ, न सुन्न पाइन्छ । यसपाला उनले ६ वटा रचना सुनाए । पोहोर सुनाएका चारै वटा रचना उनीसँग छैन । के भयो त ? सजिलो उत्तर आउँछ, “पुराना सबै हराए, नयाँ बनाएको छु, सुन्नुस् न ।”
“यो त राम्रो बानी होइन,” हामीले भन्यौँ । अब्दूलको जवाफ थियो, “के गर्ने त ? सम्हाल्ने बानी छैन ।” हामीलाई अर्थात् मोहन, कमल, सुनिल, जितेन्द्र, राजेन्द्र र मलाई सुनाइएको मीठो गजल केही महिना पछि हराउनेछ । त्यसको आस्वाद अरूले लिन पाउने छैनन् । अनि उनीसँग ‘नयाँ’ हुनेछ । उनका रचना जोगिए/रेकर्ड भइहाले, सके नेपाली साहित्यमा थोरै भए पनि नौलो स्वाद थपिन्थ्यो होला ।
अन्ततः छुट्टिने बखत आयो । विदाईको घडीमा उनले भने, “अब नेपालीमा गजल बनाउँछु । नेपालीमा लेख्न र गाउन रुचि बढेको छ । साथीहरूलाई पनि मन पर्यो ।” संभवतः उनको नाममा जोडिएको उपनाम “कौशर नेपाली” अब सार्थक हुँदैछ । नेपाली भाषा प्रतिको रुचि र “नेपालीपन” ले अब्दूललाई अझ् शिखरमा पुर्याउँछ होला । यो इस्वीको नयाँ वर्षमा उनले हामीलाई “नेपाली गजल” उपहार दिए, त्यसको बद्लामा हामीले उनलाई नेपालीमा लेख्न र गाउन आग्रह गर्यौँ । यतिमै सकियो, एउटा बिर्सनै नसकिने साँझ् ।
हस्त गुरुङ