१६-३२ साउन २०६९ | 31 July-16 August 2012

रहिनन् भाषासेवी निगत

Share:
  
r3

पाकिस्तानकी नेपाली भाषासेवी प्रा.डा. ताहिरा निगत नायरको ६६ वर्षको उमेरमा कराचीमा निधन भएको छ। मुटुको उपचारको क्रममा गएको २८ असारमा प्रा. डा. निगतको देहावसान भएको हो। एकदशक नेपाल बसेकी प्रा. निगतले रत्नराज्य र विश्वभाषा क्याम्पसमा प्राध्यापनका साथै त्रिभुवन विश्वविद्यालयमा उर्दू शिक्षण समितिको अध्यक्षता गरेकी थिइन्। 

नेपाली भाषा साहित्यको प्रखर अनुरागी प्रा. निगतले यही अवधिमा रुद्रराज पाण्डेको प्रख्यात उपन्यास 'रूपमती', बीपी कोइरालाको 'तीनघुम्ती' र कनकमणि दीक्षितको 'धुमधामको घुमघाम'लाई उर्दूमा अनुवाद गरेकी थिइन्। यसबाहेक उनले बालकृष्ण सम, लेखनाथ पौड्याल, केदारमान व्यथित, माधव घिमिरे, कालीप्रसाद रिजाल, छिन्नलता आदिका कैयन् रचनाहरूलाई उर्दूका पाठकबीच पुर्‍याएकी थिइन्। 

कराची विश्वविद्यालयकी प्राध्यापक उनले नेपालको रुद्रराज पुरस्कार, रु.३ लाख राशीको नइ देरुख अन्तर्राष्ट्रिय साहित्य पुरस्कार, नेपाल–पाकिस्तान मित्रता पुरस्कार र देवकोटा जयन्ती सम्मान पाएकी थिइन्।

comments powered by Disqus

रमझम