१६-३२ साउन २०६९ | 31 July-16 August 2012

अब पलेंटी उत्सव

Share:
  
r6

नेपालयले पलेंटी सांगीतिक श्रंृखला १० वर्ष पुगेको उपलक्ष्यमा २४–२७ साउनमा पलेंटी उत्सव मनाउने भएको छ। उत्सवको पहिलो दिन अम्बर गुरुङ, दोस्रो दिन फत्तेमान, तेस्रो दिन शान्ति ठटाल र अन्तिम दिन आभासको प्रस्तुति रहने नेपालयका किरणकृष्णले बताए। 

नेपालयले यसअघि ४० जना वरिष्ठ आधुनिक नेपाली गायकगायिकालाई एकल रूपमा प्रस्तुत गरेको थियो। संगीतज्ञ अम्बर गुरुङले पलेंटी सांगीतिक श्रंृखलालाई 'नेपाली संगीतको पुनर्जीवन' भनेर टिप्पणी गरेका छन्। पलेंटी उत्सव जावलाखेलस्थित डी.ए.भी. स्कूलको बुद्ध हलमा हुनेछ।

comments powered by Disqus

रमझम