श्रेष्ठका अनुसार, धरानका अस्पताल र होटलहरू अहिले ब्रिकेटका सबभन्दा ठूलो उपभोक्ता भएका छन् । “सामान्यतः कात्तिक–माघको जाडोयाममा बढी खपत हुने ब्रिकेटको माग ग्याँस अभावकै कारण बढेको हो”, श्रेष्ठ भन्छन् । धरान–१५ की होटल संचालिका जमुना श्रेष्ठले ग्याँस भन्दा ब्रिकेट बढी किफायती पनि हुने बताइन् । धरान–५ का अर्का ब्रिकेट प्रयोगकर्ता चन्द्रबहादुर गिरी एक सिलिण्डर ग्याँस डेढ महिना चलाउने परिवारलाई रु.६०० को ब्रिकेट काफी हुने बताए । सुनसरी जिल्लामा लाङ्घाली, हरियाली, शान्तिनगर आदि सामुदायिक वन उपभोक्ता समूहले वनमारा झरबाट ब्रिक उत्पादन गरिरहेका छन् ।
सोहन श्रेष्ठ, धरान