१६–३१ वैशाख २०६९ | 28-April - 13 May 2012

लम्बे हिमाली यात्रा

Share:
  

ताप्लेजुङको सुकेटारदेखि दार्चुलासम्मको १५५५ किलोमिटर पूर्व–पश्चिम हिमाली पदयात्रा पूरा गर्न हामी (आप्पा शेर्पा, दावा स्टेफन शेर्पा, समीरजंग थापा र सौरभ ढकाल)लाई ९९ दिन लाग्यो । दार्चुलाबाट मोटरमा धनगढी र धनगढीबाट विमानमा सोझै काठमाडौं पसेका हामी अहिले यात्रामा भएका छलफल, खिचिएका तस्बीर र भिडियोहरू अध्ययन गरेर एउटा कोशेली तयार पार्ने काममा जुटेका छौं, जुन हिमाली क्षेत्रका विकास परियोजनाहरू बनाउँदा उपयोगी हुनसकोस् ।

तस्बीरहरूः समीरजंग थापा
दोलखाको लादुक ।

ताप्लेजुङबाट पदयात्रीलाई बिदाइ गर्दै लिम्बू समुदाय ।

आप्पा शेर्पा, सौरभ ढकाल र दावा स्टेफन शेर्पा यात्राको सुरुआती चरणमा र डोल्पा पुगेका पदयात्रीलाई स्वागत गर्दै क्याराभान फिल्मका नायक थिन्ले (तल) ।

विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनको प्रत्यक्ष असर हाम्रो हिमाली क्षेत्रमा देखिन थालेको छ, हिउँ पग्लने क्रम अस्वाभाविक रूपमा बढेको छ । यो अवस्थामा हिमाली क्षेत्रको प्राकृतिक र सामाजिक सम्पदाको संरक्षण जरुरी महŒवको मुद्दा बनेको छ । यो क्षेत्रको विकास र पर्यटनमा अब संरक्षणका दिगो उपायहरू अवलम्बन गरिनै पर्छ । हामीले यात्रा गरेका ठाउँहरू यति सुन्दर र विविधतापूर्ण छन् कि तिनले जो कसैलाई सजिलै मोहित पार्छन् । तर, आजको पर्यटनमा उच्च संस्कार बसाइएन भने निकट भविष्यमै यी ठाउँहरू कुरुप भएर जानेछन् ।

(यात्रामा सहभागीहरूसँगको कुराकानीमा आधारित)

comments powered by Disqus

रमझम