१६–३१ वैशाख २०६९ | 28-April - 13 May 2012

क्यानभासमा बुद्धकला

Share:
  

सिद्धार्थ आर्ट ग्यालरी काठमाडौंका १२ कलाकार वैशाखको घाममा लुम्बिनी, तिलौराकोट, कुदान, देवदह र रामग्रामको सेरोफेरो चहारे । उद्देश्य थियो –बुद्धकालीन मानव सम्बन्धहरूलाई क्यानभासमा उतार्नु । कलाकारहरूले यसरी लुम्बिनी क्षेत्र डुलीडुली १ वैशाखदेखि २ दिनसम्म गौतम बुद्धको समयको मानव सम्बन्धहरूलाई क्यानभासमा आकृति दिए ।

पहिलो पटक भएको यो खालको राम्रो कामको संयोजन विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)ले गरेको थियो । यसरी लुम्बिनीमा सिर्जना भएका २४ चित्र १० वैशाखदेखि प्रदर्शनीका लागि बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा राखिएको छ । यिनको बिक्रीबाट जम्मा हुन आउने राशीको ६० प्रतिशत लुम्बिनीको वृक्षारोपण कार्यक्रमले पाउनेछ ।

मुकेश पोखरेल, भैरहवा

comments powered by Disqus

रमझम