२-८ वैशाख २०७५ | 15-21 April 2018

‘सिण्डिकेट र गैरकानूनी जालो तोडिनेछ’

Share:
  

२९ चैतमा नेपाल प्रहरीको नेतृत्व सम्हालेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भन्छन्, “सिण्डिकेटलगायतका गैरकानूनी गतिविधिको जालो तोड्ने काम अघि बढेका छन्, सरकारबाट हस्तक्षेप नहुने आश्वासन पाएको छु।”

महानिरीक्षक बन्ने सपना पूरा हुँदा कस्तो लागिरहेको छ ?

जिम्मेवारी थपिएको महसूस भएको छ । यसलाई नेपाल प्रहरीलाई उत्कृष्ट बनाउने अवसर ठानेको छु । प्रहरी यस्तो हुनुपर्‍यो भन्ने आमअपेक्षा पूरा गर्न सकिने जिम्मेवारी पाउँदा खुशी छु ।

नेपाल प्रहरीलाई सबल, चुस्त र प्रभावकारी बनाउने के कस्ता योजना छन् ? प्रहरी जवानको मनोबल उच्च पार्ने र राष्ट्रसेवामा समर्पित हुने भावनाको विकास गरी संगठनका प्रत्येक सदस्यको मनोबल उकास्ने मेरा प्राथमिकता हुनेछन् । अपुग स्रोतसाधन प्राप्तिका लागि अधिकतम पहल गर्ने, वैज्ञानिक अनुसन्धान र ‘इन्टेलिजेन्स गाइडेड पुलिसिङ’ मा केन्द्रित हुने योजना छ । सिण्डिकेट सञ्जाललगायतका सबैखाले गैरकानूनी अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउन जस्तोसुकै कदम चाल्न पनि हिच्किचाउने छैन ।

‘राजनीतिक हस्तक्षेपले प्रहरी संगठनलाई बर्बाद पार्‍यो’ भनिन्छ, त्यसबाट प्रहरी संगठनलाई कसरी मुक्त गर्नुहुन्छ ?

प्रधानमन्त्री र गृहमन्त्रीले कुनैखाले हस्तक्षेप हुँदैन भन्नुभएको छ । अहिलेको वातावरण पनि आशा र भरोसायुक्त छ । प्रहरीले दृढसंकल्पित भएर काम गर्दा कुनै हस्तक्षेप होलाजस्तो मलाई लाग्दैन । केही दबाब हिजो पनि आएकै हुन्, त्यसलाई हिजो पनि स्वीकारेनौं, आज पनि स्वीकार्दैनौं ।

तर, आईजीपी नियुक्तिमै राजनीतिक चलखेल तीव्र देखियो । तपाईं स्वयं पनि त्यसको पात्र बन्नुभयो ?

सक्षम र क्षमतावान् अधिकृत नेताकहाँ धाउनु राम्रो होइन, तर धाउनु नपर्ने गरी काम गर्ने प्रणाली नै भएन । हिजो जे भयो, भयो अब प्रहरी बल आफैं अर्डरमा बस्ने अभ्यास शुरु गर्नुपर्छ । मूल्यांकन कसैको कृपामा नभई कामको आधारमा हुने प्रणाली स्थापना गर्न विशेष पहल गर्नेछु ।

मुलुकसँगै प्रहरी पनि संघीय संरचनामा जाँदैछ । संगठनको अबको संरचना कस्तो हुनेछ ?

भर्खरै पदबहाली गरेको छु । संघीय संरचनामा केन्द्रीय ९संघीय० प्रहरी र प्रदेश प्रहरी कस्तो बनाउने भन्ने खाका मैले बनाएको छु । त्यसअनुरुप प्रहरी संरचना तय गर्न पहल गर्नेछु ।

comments powered by Disqus

रमझम