२३-२९ वैशाख २०७५ | 6-12 May 2018

मिथिला, मुत्तिक्षेत्र र मोदी

Share:
  
- शेखर खरेल
नाकाबन्दी नबिर्सिएका नेपालीजनले मोदीको तीर्थाटनबाट उत्साहित हुनुपर्ने सबैभन्दा महत्वपूर्ण कारण हो– पर्यटन प्रवद्र्घन।

भानु भट्टराई
सुफी सन्तहरू मानिस र ईश्वरलाई प्रेमीका रूपमा अथ्र्याउँछन् । भक्ति मार्गमा लाग्नेहरू ईश्वरप्रतिको भक्ति नै मुक्ति मार्ग ठान्छन् । योगहरूमध्ये भक्तियोग नै सर्वोत्कृष्ट मान्छन्, उनीहरू । मानिस लगायत चराचर जगत नै ईश्वरीय सृष्टि हो भन्ने अटल विश्वासमा ईश्वरवादी (आस्तिक) हरू रहन्छन् । तर, नास्तिकहरू जैविक र खगोलीय अस्तित्वको प्रश्नमा वैज्ञानिक संगति खोज्दछन् । आस्तिक र नास्तिक बीचका मध्यमार्गी अर्थात् अज्ञेयवादी (एग्नोस्टिक) सृष्टिलाई रहस्यको रूपमा बुझदछन् । ईश्वरले मानिस बनाएका हुन् या मानिसले ईश्वर, यो प्रश्न मानव जाति रहुन्जेल उठिरहनेछ । मानिस र ईश्वरबीचको सम्बन्ध पनि सृष्टि रहुन्जेल रहिरहनेछ । किनकि, धर्मको विस्तार भनौं वा फैलावट मानिससँगै जोडिएको छ । संसारका कैयन् धर्म कुनै कालखण्डका शक्तिशाली र प्रभावशाली मानिसहरूले ग्रहण गरिदिंदा नै फैलिएको इतिहास छ । हिन्दू कुलमा जन्मिएका चक्रवर्ती सम्राट अशोकले बौद्ध धर्म वरण नगरिदिएका हुन्थे त बुद्ध यति व्यापक हुने थिएनन्, शायद । धर्म जस्तै कतिपय सम्प्रदाय (कल्ट) पनि चर्चित (खासगरी सेलिब्रिटी) हरूले वरण गरिदिएपश्चात् नै फैलिएका अनेकौं दृष्टान्त छन् ।

‘नजिकको तीर्थ हेला’ त्यसै भनिएको होइन । आफू वरपरका अमूल्य निधिको हामी त्यसबखत मात्र पहिचान गर्दछौं, जब दूरदराजदेखि मानिस ओतप्रोत हुँदै त्यहाँसम्म आइपुग्छन् । संसारमा बौद्धधर्म दुबो सरी फैलिसक्दा पनि शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी शताब्दियौंसम्म छायाँमै परिरह्यो । हाल लुम्बिनीमा केही संरचना निर्माण भए पनि जुन हदसम्म बौद्धमार्गी लुम्बिनी तीर्थाटनका लागि ओइरिनुपर्ने हो, त्यो हुनसकेको छैन । हामी लुम्बिनी प्रवद्र्धनमा चुकेका छौं । तर, लुम्बिनी भन्दा पनि दयनीय छ, मिथिलाको सान सीता मैयाको जन्मभूमि जनकपुर । त्रेता युगमा विदेह (मिथिला) का परमप्रतापी जनकद्वारा शासित यस पुण्यभूमिको महत्व त्यति नै छ, जति वाल्मीकिकृत रामायणका रामको जन्मथलो अयोध्या (भारत) । राम विना सीता र सीता विना राम अपूरो भए जस्तै जनकपुर विना अयोध्या र अयोध्या विना जनकपुर अपुरो हुन्छ ।

सीता मैयाका कारण जनकपुरले जसरी धार्मिक विशिष्टता प्राप्त गरेको छ, स्वयं सीता मैयाका पिता राजा जनकका कारण पनि यो भूमिको महत्व उत्ति नै छ । शास्त्रहरूमा पारङ्गत तथा शासनमा अब्बल राजा जनक प्राचीन युनानी चिन्तक प्लेटोको परिभाषाका ‘फिलोसफर किङ’ थिए । जनकको विद्वत्ता, शिष्टता र सुशासनबाट अभिभूत थाइल्याण्डका दिवंगत नरेश भूमिबोल अदुल्यादेजद्वारा रचित र नेपालीमा अनूदित चित्रमय पुस्तक महाजनक राजाको कथा पनि प्रकाशित छ । आफ्नो जीवनकालमा भूमिबोलले मिथिलाको भ्रमण त गरेनन्, तर उनले आजन्म जनकलाई ‘रोलमोडल’ बनाइरहे ।

आज फेरि जनकपुर चर्चाको चुलीमा छ । कारक बनेका छन्, छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । मोदी वर्षौंदेखि थाती रहेको जनकपुरस्थित जानकी मन्दिरको तीर्थाटनका लागि आगामी २८ वैशाखमा जनकपुर आउँदैछन् । उनी अर्को तीर्थाटनका लागि मुस्ताङको मुक्तिनाथ क्षेत्र पनि लाग्नेछन् ।

भारतीय सरकार प्रमुखका विगतका भ्रमण विपरीत यसपल्ट भ्रमणको मध्यमा तीर्थ र पाश्र्वमा राजनीतिक भेटघाट देखिन्छ । आफ्नो दुईदिवसीय व्यस्त भ्रमणमा मोदीले ज्यादा समय पूजापाठ र थोरै मात्र समय उच्च नेतृत्वसँगको शिष्टाचार भेटमा व्यतीत गर्नेछन् । भारतीय सहयोगको सन्देशका खातिर उनले अरुण तेस्रो आयोजनाको स्विच थिचेर शिलान्यास गर्नेछन् ।

पथिक पथ

नेपालीजनले भारतको कठोर नाकाबन्दी पीडा भुल्न नसकिरहेको बेला हुन गइरहेको मोदीको यो भ्रमण पक्कै पनि २०७१ साउनको समतुल्य हुन सक्दैन । तर पनि लगभग एक अर्ब हिन्दूको बसोबास रहेको विशाल छिमेकी भारतका हिन्दूवादी प्रधानमन्त्रीको तीर्थाटन नेपालका धार्मिक गन्तव्यको प्रवद्र्धनका लागि भने पक्कै उपयोगी हुनेछ ।

पर्यटन प्रवद्र्धनमा सेलिब्रिटीको भरपूर उपभोग गर्ने स्वयं मोदी नै हुन् । गुजरातको मुख्यमन्त्री रहँदा उनले बलिउडका बादशाह उत्तर प्रदेश (यूपी) का अमिताभ बच्चनलाई गुजरात टुरिजम्को सद्भावना दूत बनाएका थिए । हुन त, सेलिब्रिटीहरू ब्राण्ड एम्बासडर बन्नु नौलो कुरा होइन । तर, बच्चनलाई सद्भावना दूत बनाउनमा मोदी करिष्माले नै काम गरेको थियो, त्यो पनि विना पारिश्रमिक ।

अनौठो संयोग चाहिं, भारतका सर्वाधिक चर्चित एवं प्रभावशाली व्यक्तित्व मोदी र बच्चन दुवैको नेपालसँग जबर्जस्त धार्मिक सम्बन्ध स्थापित भइसकेको छ । विपुल आस्था मानौं वा महत्वाकांक्षा, मोदी र बच्चन दुवैले पशुपतिनाथमा विशेष पूजा गरिसकेका छन् । बच्चनले ‘खुदा गवाह’ चलचित्र छायांकनका दौरान केही समय हिमालपारिको जिल्ला मुस्ताङमा विताएका थिए । केही वर्ष अघि पंक्तिकार मुक्तिनाथ मन्दिर परिसर पुग्दा उनै बच्चनको सहयोगमा निर्मित बेन्चमा थकान मेटेको थियो ।

मोदीको मुक्तिनाथसँग किशोरावस्थादेखि नै साइनो रहँदै आएको तर्क गर्नेहरू पनि छन् । सन् १९६८ देखि ७० बीच साधु बन्ने अभिप्रायले देश–देशान्तरको यायावरी यात्रा गरेका मोदी पश्चिम बङ्गाल, असम र उत्तराखण्ड हुँदै नेपालसम्म आइपुगेको र उनले कालीगण्डकीको तट र मुक्तिनाथ (मुक्ति क्षेत्र) मा तप–ध्यान गरेको बताइन्छ । यसको आधिकारिक पुष्टि भने हुनसकेको छैन । तर पनि मोदी धेरै पहिले नेपाल आएको कुरा चाहिं तत्कालीन संविधान सभालाई सम्बोधन (साउन २०७१) का क्रममा उनले नेपाली भाषाबाट शुरू गरेको पंक्ति ‘एउटा पथिकको रूपमा म धेरै पहिले नेपाल आएको थिएँ’ भनेबाट पुष्टि हुन्छ ।

जे होस् सन् २०१४ मा प्रधानमन्त्री भएयताको नेपालको तेस्रो भ्रमण (सार्क शिखर सम्मेलन सहित) मा मोदी औपचारिक रूपमा मुक्तिनाथको तीर्थाटनमा पुग्दैछन् । समस्त हिन्दू र विशेषगरी वैष्णवहरूका अति पूज्य मुक्तिनाथसम्म मोदी पुग्नुको अर्थ वैष्णवबहुल मोदीको गृह राज्य गुजरातमा मुक्तिक्षेत्रको प्रवद्र्धन त हो नै, त्यस बाहेक पनि सारा भारतमा पनि मुक्ति क्षेत्र जीवनमा एकपल्ट पुग्नै पर्ने धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यमा दरिन सक्नेछ । आकाश मार्ग (हवाईजहाज र हेलिकप्टर चार्टर) र स्थल मार्गको पहुँच अनि पोखरादेखि मुस्ताङका टुकुचे, मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथसम्मका स्तरीय विश्राम गृहका कारण पनि मुक्तिक्षेत्रको यात्रा अब सहज मान्न सकिन्छ । चीनको तिब्बतस्थित मानसरोवरको तीर्थाटनका लागि भारतीय नागरिकले जस्तो भौगोलिक विकटता तथा प्रवेशाज्ञाको झ्ञ्झ्ट व्यहोर्दै आएका छन्, त्यसको तुलनामा मुक्तिक्षेत्रको भ्रमणलाई सहज मान्न सकिन्छ । मुक्तिनाथ क्षेत्रसम्म कसरी पुग्ने र त्यहाँ धार्मिक बाहेक पनि के–कस्ता पर्यटकीय क्रियाकलाप संभव छन् भन्ने बारे जानकारी भारतीय २३ वैशाखदेखि बजेट अधिवेशन

संघीय संसद्को बजेट अधिवेशन २३ वैशाखदेखि शुरु हुँदैछ । अर्थमन्त्री युवराज खतिवडा मुलुक बाहिर रहेकाले प्रि–बजेट माथिको छलफल भने २६ वैशाखदेखि शुरु हुनेछ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामा आर्थिक वर्ष २०७५÷७६ को विनियोजन विधेयक (प्रि–बजेट) को कार्यसूची सार्वजनिक गरिसकेका छन् । त्यस्तै, सरकारको नीति तथा कार्यक्रम जेठ पहिलो साता संसद्मा प्रस्तुत गरिने कार्यसूची छ । बजेट १५ जेठमा संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

मोदी नेपाल आउँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २८ वैशाखमा नेपाल आउँदैछन् । बिहारको पटनाहुँदै जनकपुर भएर काठमाडौं आउने प्रधानमन्त्री मोदीलाई जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन गरिनेछ । उनको भ्रमणका क्रममा २८ वैशाखमा प्रदेश–२ सरकारले सार्वजनिक विदा दिने समेत निर्णय गरेको छ ।

दुईदिने भ्रमणका लागि नेपाल आउन लागेका मोदी मुस्ताङको मुक्तिनाथ समेत पुग्नेछन् । गृहमन्त्री रामबहादुर थापा बादलले मोदीको यस पटकको नेपाल भ्रमणमा राजनीतिक सम्झौताको कुनै कार्यक्रम नरहेको जानकारी गराएका छन् । प्रधानमन्त्री बनेपछि मोदीको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि साउन २०७१ मा प्रधानमन्त्री बनेलगत्तै र त्यसै वर्ष मंसीरमा सार्क सम्मेलनमा भाग लिन मोदी नेपाल आएका थिए ।

अर्थतन्त्र बुझाउने पुस्तक

एकीकरणको बेलादेखि रेमिट्यान्सले धानेको क्षणसम्म आइपुग्दा नेपाली अर्थतन्त्रका आरोह–अवरोहको विश्लेषण गरिएको सुजीव शाक्यको पुस्तक अर्थात् अर्थतन्त्र २९ वैशाखदेखि बजारमा आउँदैछ ।

नेपालमा पृथ्वीनारायण शाहको उदयकै बेला विश्वको अर्को कुनामा आदम स्मिथ जस्ता अर्थशास्त्री पनि उदाउँदै थिए । दुवैले राष्ट्रको धनप्रति रुचि राखे । यी दुईले के कस्ता बाटो समाते, त्यसबाट विश्व अर्थतन्त्र कता गयो, अनि नेपालमा इलम र उद्यमको यात्राले के कस्तो मार्ग समात्यो भन्ने विश्लेषणबाट शाक्यको यो पुस्तक शुरु हुन्छ । पुस्तकमा नेपाली अर्थतन्त्रको फराकिलो विवेचना गरिएको छ ।

परामर्शदाता, अर्थ मामिलाका टिप्पणीकारको परिचय बनाएका शाक्य वैचारिक अभ्यास गर्ने निजी क्षेत्रको संस्था ‘नेपाल आर्थिक मञ्च’ का अध्यक्ष समेत हुन् ।

स्वदेश फर्किए डा. देवकोटा

बेलायतको किंग्स कलेज अस्पतालमा पाँच महीना लामो उपचारपछि बाँकी जीवन स्वदेशमा विताउने भन्दै वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा स्वदेश फर्किएका छन् । १५ वैशाखमा काठमाडौं फर्केका उनी आफैंले स्थापना गरेको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत् छन् ।

आफूलाई पित्तथैलीको क्यान्सर देखिएको जानकारी दिएका डा. देवकोटाले देश सञ्चार डटकम सँग कुरा गर्दै ‘किमोले रेस्पोन्ड नगर्ने, रेडियो थेरापीको साइड इफेक्ट मात्र हुने र सर्जरी गर्न नमिल्ने विचित्रको अवस्था’ मा रहेकोले बाँकी जीवन नेपालमै विताउन चाहेको बताएका छन् । उनले भनेका छन्, “खासै कुनै उपाय नभएको अवस्थामा एक्सपेरिमेन्टल ट्रिटमेन्ट गरेर बस्नुभन्दा समयमै देश फर्केर बाँकी जीवन तपाईंहरु सबैबीच बस्ने निधोका साथ फर्कें ।” डा. देवकोटाको स्वास्थ्य स्थिति ‘स्थिर’ रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

सिण्डिकेटको पक्षमा व्यवसायीको हडताल

२१ वैशाखमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आवद्ध सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा यात्रुले सास्ती पाए । सरकारले १८ चैत २०७४ मा जारी गरेको सिण्डिकेट हटाउने यातायात निर्देशिका खारेजीको माग गर्दै उनीहरुले यातायात सञ्चालनमा रोक लगाएका हुन् ।

व्यवसायीहरुले माग पूरा नभए २७ गतेदेखि अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी दिएका छन् । तर, कम्पनीमा दर्ता भएका र सिण्डिकेटको विरुद्धमा रहेका गाडीहरु भने यथावत् सञ्चालनमा आए ।

यातायात ठप्प पारेको आरोपमा सरकारले २१ वैशाखमा राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलासहित ७० भन्दा बढी व्यवसायीलाई पक्राउ गरेको छ ।

लुम्बिनीमा नमूना सभाहल

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा पाँच हजार जना व्यक्ति अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहलको १७ वैशाखमा शिलान्यास गरेकी छिन् । बुद्ध जयन्ती समारोह तथा अन्य विभिन्न कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिणएशियाकै नमूना सभाहल बनाउन लागेको जानकारी दिएको छ ।

रु.३२ करोड निर्माण लागत रहेको १० हजार वर्गमीटर क्षेत्रफलको सभाहल चीनको प्राचीन यिनयान शैलीमा दुई वर्षमा निर्माण सम्पन्न गरिने कोषले जनाएको छ । पर्यटन बजारसम्म मोदी मार्फत पुग्न सक्दा मात्र पनि मानव महासागर उर्लिन बेर लाग्ने छैन ।

comments powered by Disqus

रमझम