३० वैशाख - ५ जेठ २०७५ | 13-19 May 2018

तीन बहिनी

Share:
  

एन्टोन चेरबब बिइन विख्यात लेखक हुन् । ‘थ्री मिस्टर’ उनको प्रसिद्ध नाट्य कृति हो । त्यही नाटक नेपालीमा अनुदित गरेर ‘तीन बहिनी’ को नाममा थियटर आकारले शिल्पी थियटरमा मंचन गरिरहेको छ ।

मानवीय संवेदन विशेष गरी प्रेमका विभिन्न आयामलाई सिद्दस्त शैलीमा लेखकले आफ्नो लेखकीमा उतार्छन् । तीन बहिनी नाटक पनि यसको अपवाद छैन । तर तनि बहिनी मा बाबु आमा गुमाएका र सेटल नभएका तीन बहिनीको मनोदशा ती तीन बहिनीसँग नाटकियतालाई रोमाञ्चक पनि बनाइदिएको छ ।

ठूली दिदी आमा शिक्षिका हुन्छिन् माइली माया विवाहित तर आफ्नो लोग्ने कशप्रसादसँग सन्तुष्ट हुन्छन् । कान्छी रिना कल सेन्टरमा काम गछिर्न तर राजधानी भएको पुगेपछि मात्रा घरजम गर्ने बारेमा सोच्छिन् । उनीहरुका पितासँगको दोस्तीको हवाला दिएर उनीहरुको शहरमा आएको नयाँ खेल कर्नेल आशुतोषले माइली बहिनी मायासँग फर्ड गर्न शुरु गर्छ । आकर्षक कान्छी रिनालाई प्रभावमा पार्न चाहनेहरुको लाइन लाग्छ । ठूली आमा शिक्षिकाकी जागिरमा त्यति सन्तुष्ट नभए पनि परिवारको ‘फदर फिगर’ को हैसियतमा बहिनीहरु देखि चाकर र भाइ विश्वध्वज सम्मलाई मायालु व्यवहार गर्छिन् । विश्वध्वजकी श्रीमति निकिताले उनीहरुको सम्पति हत्याउने होडमा लाग्छिन् । कर्नेल बाबुको विरासत पाएको तीन बहिनीको एक्लो भाइ विश्वध्वज प्राध्यापक बन्ने संभावनालाई सकाएर सानातिना कुरमामा रुमलिन्छ ।

मायाको लोग्ने शिक्षक कुशप्रसादको उपस्थितीले नाटकलाई शुरु देखि अन्तिमसम्म ‘ह्युमरस’ बनाइराख्छ ।

कुशप्रसादले साली रिनाको जन्मदिनमा आफ्नो पढाइने विद्यालयको स्मारिका पुरस्क उपहारका रुपमा दिन्छ जुन पुस्तकमा त्यस विद्यालयका पूर्व विद्यार्थीहरुको नामावली बाहेक केही हुँदैन । अधवैसे एक अविवाहित डाक्टर चुडामणि कर्नेलकी परिवारको पुरानो मित्र हुन्छन् ।

हमेशा पत्रिका हातमा लिइरहन् र पढे जस्तो गर्नु उनको सोख हो । उनी सायद यौनका आकाक्षा ती तीन बहिनीहरुलाई हेरेर, स्पर्स गर्न खोजेर अपुरो तृप्ती लिने कोशिस गरिराख्छन् । राजधानीमा हुर्के बढे पनि सेनाका जागिरे बाबुका कारण ..हातको शहरमा थन्किन पुगेका तीन बहिनी राजधानी फर्कने र सेटल हुने सपना बुनीरहन्छन् तर यो सपना पुरा हुँदैन । सपनाले त मानिसलाई आशावादी हुन सिकाउँछ । सपना ..त मानिस कसरी चलायमान हुन्थ्यो होला!

नाटकलाई मेघराज अधिकारीले अनुवाद गर्दा यथीष्ट मिहेनत गरेको देखिन्छ । घनश्याम श्रेष्ठको परिकल्पना र निर्देशन तारिफयेग्य नै छ । आमा बनेकी शान्ति गिरी, माया मा शुरुमा कोइरालाले र रिना बनेकी सुनिता बजगाईले प्रभावकारी अभिनय गरेका छन् । कर्नेल आशुतोष बनेका घिमिरे युवराजले कामुक पुरुषको अभिनय हेर्दा ययाति नाटकमा उनले अभिनय गरेको भूमिका संझना गराउँछ । दीपजंग बनेका श्याम खड्का निकतिा बनेकी आन्ना देउजा, कान्छी मैया अस्मिता खनालले आफ्नो भूमिकालाई न्याय गरेका छन् ।

व्यवसायिक गरेका श्रीओम रोदन खासै जम्न सकेका छैनन ।

तीन बहिनी नाटक करिब दुई घण्टा लामो छ, तर नाटक हेरिरहँदा दुई घण्टा बितेको पत्तो भने हुँदैन । स्टेजमा उर्तान कठिन हुने यस नाटक चयन गरेकाले, निर्देशक घनश्याम श्रेष्ठलाई साधुवाद भन्न कर लाग्छ ।

तीन बहिनी रुसी समाजको कथा मात्रा नभएर नेपाली समाजको कथा हो मानवीय गाथा हो ।

१२ जेठसम्म यो नाटक चल्ने छ ।

comments powered by Disqus

रमझम