पछि लाग्यो, काका भनेर सम्बोधन गर्ने परिचित नै हुनुपर्छ । उसको प्रोफाइल हेरें । मेरै गाउँको रहेछ, जो रोजगारीका लागि मलेशियामा छ ।
सानैदेखि उसले गाउँघरमा गाई–भैंसी चराउने, खेतीपातीमा सघाउने गथ्र्यो । उसको पृष्ठभूमि यस कारण भन्दैछु, उसले स्कूल पढेको होइन, तर विदेश पुगेको दुई वर्षमै सामाजिक सञ्जाल मार्फत सन्देश आदान–प्रदान गर्न सिकेको छ । वेब संसारले स्मार्टफोन मार्फत भौगोलिक दूरीलाई छोट्याइदिएको छ । टाढा–टाढा पुगेकाहरू स्मार्टफोनका सुविधाबाट सुदूर देहातका आफन्तसँग गफिन पाएका छन् ।
‘यी बउवा के छठिहार के फोटो, यी बबी के छेका के फोटो !’ यस्तै क्याप्सन सहित विविध संस्कृति मनाउने क्रमका तस्वीर स्मार्टफोन मार्फत अर्को छेउको आफन्तसम्म पुग्छ ।
गएको वैशाख पहिलो साता, बिहान ८ बजे सर्लाहीको मेरो पुख्र्यौली गाउँमा कुहिरो लाग्यो । त्यसको तस्वीर कसैले फेसबूकमा अपलोड ग¥यो । प्राकृतिक विपत्का जानकार अजय दीक्षितलाई कु–समयमा लागेको कुहिरोबारे जानकारी गराएँ । उहाँले फोटो माग्नुभयो र मौसम परिवर्तन बारेको छोटो क्याप्सन सहित सामाजिक सञ्जालमा राख्नुभयो ।
फोनबारे मेरो एउटा अनुभव छ । म शहरमा बस्छु । गाउँमा बस्ने बुवालाई फोन गर्न कहिलेकाहीं ढिला हुन्छ । यस्तो बेला उहाँले आमालाई भन्नुहुन्छ रे, “बउवा के फोन न आयल ? (बाबुको फोन आएन ?)” बुवाले एकपटक भन्नुभएको थियो, “शहरमा बस्ने तिमीहरूलाई के थाहा ? तिम्रो एक फोनले हामी दुईको बिहानको चिया कति मीठो भइहाल्छ ।” त्यसपछि बिहान–बेलुका बुवालाई फोन गर्नु मेरो दैनिकी बनेको छ ।
हो, फोनले परिवारलाई जोडेको छ । अहिले संयुक्त परिवारको अवधारणा टुट्दै र एकल परिवार पनि संकटग्रस्त हुँदै गएको छ । ह्वाट्सएप वा फेसबूकमा आफ्नो सन्तानको अनुहार हेरेर अभिभावक खुशी हुन सिक्दैछन् । ‘तीन परानी तेरह चुल्हा’ भन्ने आहान देहाततिर खूब प्र्रयोग गरिन्छ । जसको आशय हुन्छ– परिवारका तीन सदस्यका १३ चुला ।
मधेश आन्दोलनका बेला गाउँबाट जुलूसमा आएकाहरू सामाजिक सञ्जालमा आफ्नो तस्वीर हेरेर, हौसिन्थे । जो तस्वीरमा छुटेको हुन्थ्यो, गाउँमै हुन्थ्यो, ऊ अर्को दिन आन्दोलनमा सहभागिता जनाउन लालायित हुन्थ्यो ।
गाउँघरका विकास निर्माण, नेताजीहरूको भाषण, झै–झ्गडादेखि उन्नति–प्रगतिका भिडियो क्लिप्स अचेल सामाजिक सञ्जालमा सहजै भेटिन थालिएको छ । आफ्नो छेउछाउ हुने घटनाका फोटो/भिडियो स्मार्टफोन मार्फत सामाजिक सञ्जालमा अपलोड हुँदा सम्बन्धित पक्षको ध्यानाकर्षण हुन्छ भन्ने बुझइ बढ्दै गएको देखिन्छ । प्राकृतिक विपत् वा कुनै दुर्घटना भए त्यसको प्रत्यक्ष भिडियो पनि हेर्न सकिने भएको छ । यसले कतिपय अवस्थामा पत्रकार, सामाजिक अभियन्ता वा सुरक्षा निकायलाई सहयोग पुर्याएको छ । पहिले गाउँघरका समाचार शहर पुग्न निकै समय लाग्थ्यो, अहिले समाचारसँगै सबुत पनि पुग्छ ।
कुनै बच्चाले राम्रो प्रतिभा देखायो, कुनै वृद्धवृद्धाले कुनै लोककथा वा लोकगीत सुनाए, त्यो दृश्यलाई कसैले स्मार्टफोनमा कैद गर्न सक्छ । गाउँको भान्सा होस् वा कुनै भोज, तस्वीर पुगिहाल्छन् सामाजिक सञ्जालमा । यसले कसैको मौलिक परिकार वा कुनै नयाँ परिकार कसरी बनाउने भन्ने ज्ञान बाँडेको छ । कोही आफ्नो खेतमा फलेको बालीको तस्वीरसँगै कृषि कर्मचारीकहाँ पुगेर सल्लाह लिन सक्छ ।
पहिले टाढाका आफन्तलाई निम्तोपत्र लिएरै जानुपथ्र्या । अहिले निम्तोपत्रको फोटो खिच्यो, सम्बन्धित आफन्तलाई पठाइदियो । विस्तारै–विस्तारै इन्टरनेट मार्फत देहाती जीवन सहज हुँदै गएको छ ।
अब गाउँघरमा मोबाइल फोन बनाउने मिस्त्रीको कमी छैन । टेलिभिजन बजारलाई मोबाइल फोनले उछिन्यो । फोनले गाउँघरमा सूचनाको भोक जगाइदियो । मनपरेको रेडियो स्टेसन सुन्यो, सुन्दासुन्दै केही ‘फर्माइस’ गर्न मनलागे तुरुन्त फोन गर्यो ।
पछिल्लो महीना मात्र बितेका मेरा गाउँले राजेन्द्र सिंहले भनेको सम्झ्न्छिु, “यो मोबाइल र इन्टरनेटले देहाती समाजभित्र गजबको विश्वास पैदा गरेको छ ।”
मोबाइल फोनको यति विघ्न बढ्दो सामाजिकता र असरबारे कहिलेकाहीं सोच्छु, अब कसैले ‘घामका पाइलाहरू’ वा ‘अलिखित’ उपन्यास लेख्यो भने त्यसमा मोबाइल फोनको युग कसरी सम्प्रेषित हुन्थ्यो होला ?
आफ्ना परदेश गएका पतिको फोन आएपछि अनुहारमा देखिएको उज्यालोलाई लुकाउन नसकेर कोही तरुनी भन्छिन्, ‘पियवा कइले फुन !’
मोबाइल फोनका कारण अपराधले मलजल पनि पाएको छ । डार्विनको विकासवादी सिद्धान्तप्रति विश्वास गर्ने हो भने मोबाइल फोनको ‘नरिवललाई खेलाउने यस्ता बाँदर’ हरू जननिगरानी र जागरुकता बढ्दै जाँदा एक दिन आफ्ना पुच्छर फाल्न विवश हुन्छन् नै !