२८ असोज - १० कार्तिक २०७५ | 14-27 October 2018

पुरानो

Share:
  
- विप्लव ढकाल

पुरानो बन्दूकबाट

निस्किएका विचारहरू पुराना छन् !

पुरानो बाँसुरीबाट

जन्मिएका आवाजहरू पुराना छन् !

पुरानो कलमबाट

लेखिएका कविताहरू पुराना छन् !

पुरानो रगतबाट

कोरिएका सिमानाहरू पुराना छन् !

नयाँ के छ हँ यो दुनियाँमा ?

म खोजिरहेछु निरन्तर...

तर मेरा खोजीहरू

सबै–सबै पुराना छन् !

नयाँ बाटो भेटें कि भनेको थिएँ

बाटाहरू पनि पुराना छन् !

पुरानो कोटभित्र पुरानो शरीर !

पुरानो शरीरभित्र पुरानो मस्तिष्क !

पुरानो मस्तिष्कभित्र पुरानै विचार !

पुरानै देखिन्छन् सपनाहरू पनि !

उफ् !

म मात्र अब

कसरी नयाँ हुन सक्छु ?

comments powered by Disqus

रमझम