मध्यरातमा बेतोड भागिरहेको निद्रा
आ“खामा जमेको दह
दहमा प्रतिविम्बित
प्रियजनका उदास अनुहार
र खग्रासको घामजस्तै घरबार ।
सबै–सबैले घोचिरहेछन् मलाई
जसरी उता घोच्छ–
ङाया (पत्नी) लाई प्रेमको का“डाले
बोई (आमा) लाई दशैंको जमराले
उता भोक चुहिने मझेरी
यता आ“खामा भदौरे झरी
छिचोलेर आ“सुको छा“गो
गाउ“घरको तस्वीर देखिरहेछु
समुद्रमा उर्लिरहेको
ज्वारभाटा हो कि पीर देखिरहेछु
छातीमा बज्रिरहेको
समय–शासकको तीर देखिरहेछु ।
छातीमा बोकेर त्यही तीर
मृगतृष्णाको पछिपछि दौडिरहेछु
डामिरहेछ तातो हावाले
आ“सु हो कि पसिना एकनास पुछिरहेछु
अरेबियन सागरको हो कि दुःखको सागरको
निराशाको छालले हुत्तिइरहेछु
हुत्तिंदैहुत्तिंदै
प्यासी मृग जस्तै दौडिइरहेछु
अन्त्या“टी–
पसिना बगाउ“दा बगाउ“दै
माटो आफ्नै हराइरहेछु
ऊ“टजस्तै दौडिंदा दौडिंदै बालुवामा
बाटो आफ्नै हराइरहेछु
घर भन्छ–
यो दशैंमा त फर्की आउनू
जसरी नि फर्की आउनू ।
कसरी ? फोडेर छाती मेरो
उभिन्छ पीडाप्रश्न सचित्र–
के कुनै दिन–
फर्किनेछु आफ्नै खुट्टामा उभिएर ?
वा, सुतेर काठको बाकसभित्र ।
शिकारी सत्ताको जञ्जीरले बा“धिएको
म एक ‘बिक्री लायक गोर्खा’
वा एक ‘बन्दी गोठालो’
आ“सु–रगतको रेमिटेन्समा
कसरी देखू“ –
बोईको मुहारमा मुस्कान ?
कहा“ भेटू“ –
लत्रेको शिरमा स्वाभिमान ?
हरदम सम्झी मैलाई टोलाइरहने
हरसाल दशैंमा बोलाइरहने
उता देशमा–
एउटी छिन् मेरी बोई ।
हरियो पासपोर्ट बोकाइरहने
यातनाको गोमनले टोकाइरहने
अर्को छ–
चन्द्रशमशेरको राज्यसत्ता
खाईखाई जो मोटाएको छ
मेरै रगत–पसिनाको भत्ता ।
पश्चिम र पूर्व जस्तै
विपरीत दुई ध्रुव जस्तै
उता देशमा–
एउटी मेरी बोई छिन्
अर्को छ–
चन्द्रशमशेरको राज्यसत्ता ।