१-१५ भदौ २०६९ | 17-31 August 2012

रमिलाको तीजे भाका

Share:
  
r7

लोकगायिका रमिला न्यौपाने तीजका गीतको श्रव्यदृश्य संग्रह शिवजीसँग शरणमा पर्दछु लिएर श्रोता/दर्शकमाझ् आएकी छन्। 'आज त भेट्न आउँदिनँ है कालु' गीतबाट श्रोतामाझ् चिनिएकी उनले तीजको अवसर पारेर बजारमा ल्याएको यस अल्बममा शिवजीसँग शरणमा पर्दछु, लौन ए शिवजी, आज त भेट्न, लचक्कै कम्मर, ए पियारी, उनकै लागि व्रत बसेको, दिलको राजा गरी ८ गीत सङ्गृहीत छन्। अल्बममा रमिलाका साथमा खुमन अधिकारीको स्वर रहेको छ। त्यसो त बाबुराम बोहरा, नेत्र अर्यालको शब्द तथा खुमनकै लय समेटिएको छ अल्बममा। संग्रहमा सुनिता दुलाल र मुना बानियाँको स्वर पनि संग्रहित छ। अल्बमलाई तिर्सना म्युजिकले श्रोता/दर्शकसामु ल्याएको हो। यसअघि उनले अचम्मै भो, मनका कुरा, दिलको ढोका तिम्लाई मात्र खुल्ला, आज त भेट्न आउँदिनँ है कालु जस्ता गीति संग्रह बजारमा ल्याइसकेकी छन्।

comments powered by Disqus

रमझम