१६-२२ मंसिर २०७५ | 2-8 December 2018

१६औं किम्फ २१ मंसीरदेखि

Share:
  

जोय सस्लरको वृत्तचित्र ‘आरजे रिप्पर’ को दृश्य ।
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को १६औं संस्करण २१–२५ मंसीरमा काठमाडौंमा हुँदैछ । महोत्सवमा विभिन्न देशका वृत्तचित्र, फिक्सन, एडभेन्चर, शर्ट फिल्मलगायत विधाका ७२ वटा चलचित्र देखाइने छन् ।

महोत्सवमा प्रदर्शनीका लागि प्राप्त ६१ देशका ४०० चलचित्रमध्ये ७२ वटा छनोट गरिएको किम्फले जनाएको छ । जसमध्ये अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत १४, अन्तर्राष्ट्रिय गैरप्रतिस्पर्धी ३६, नेपाल पानोरामाअन्तर्गत २१ र विशेष स्क्रिनिङअन्तर्गत एक चलचित्र प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा प्रदर्शन हुनेछन् । महोत्सवको उद्घाटनमा अस्ट्रेलियाका जेनिफर पिडोमको माउन्टेन को विशेष स्क्रिनिङ राष्ट्रिय सभागृहमा हुनेछ ।

किम्फका अध्यक्ष वसन्त थापाका अनुसार यस पटकको महोत्सव महिलाका विषयमा केन्द्रित हुनेछ । उनी भन्छन्, “महिलालाई केन्द्रीय विषय बनाएर परिसंवाद, तालिम कार्यशाला र गोष्ठीहरु पनि आयोजना हुनेछन् ।”

किम्फले नयाँ निर्मातालाई प्रोत्साहन गर्न ‘डक पिच’ पनि गर्दैछ । किम्फको यसपटकको ट्यागलाइन ‘वुमेन मुभ माउन्टेन्स’ रहेको छ ।

वृत्तचित्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट तीन चलचित्रलाई १५००, १००० र ५०० अमेरिकी डलरसहित सम्मान प्रदान गरिनेछ । नेपाल पानोरामाअन्तर्गत उत्कृष्ट फिक्सनलाई रु.१ लाख र वृत्तचित्रलाई रु.७५ हजार दिइनेछ ।

comments powered by Disqus

रमझम