१-७ पुस २०७५ | 16-22 December 2018

ढलेको फूलबारी सजिंदै

Share:
  
- दीपक ज्ञवाली

काभ्रेको नमोबुद्ध नगरपालिका–१ फूलबारी (साविक मथुरापाटी फूलबारी गाविस) का कान्छामान तामाङ (४८) का लागि गएको साढे तीन वर्ष असाध्यै कठिन रहे । १२ वैशाख २०७२ को भूकम्पले घर भत्काएपछि जस्तापाताको टहरामा उनको परिवारले घाम, पानी र हिउँदको चिसो स्याँठ भोग्यो । घर बनाउने रकम अभावमा सरकारी अनुदानको आश गर्दागर्दै दिन–रात कष्टकर बन्यो ।

गएको असोजमा सरकारले डेढ लाख रुपैयाँ दिएपछि उनी घर बनाउन सिकर्मी–डकर्मीसँग आफू पनि जुटिरहेका छन् । घर पूर्ण क्षति भएको सूचीमा परेका उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत जम्मा रु.३ लाख पाउनेछन् । “तीन वर्षसम्म कुर्दा अहिलेसम्म दुई किस्ता गरेर दुई लाख पाइयो, बाँकी एक लाख कहिले पाइने हो थाहा छैन” तामाङ भन्छन् ।

तस्वीरः दीपक ज्ञवाली
मथुरापाटी, फूलबारी, काभ्रे ।

घर निर्माणमा व्यस्त कान्छामान तामाङ ।
फूलबारी क्षेत्रमा कान्छामानले जस्तै अन्य भूकम्पपीडितले पनि भूकम्प प्रतिरोधी घरहरू धमाधम बनाइरहेका छन् । कसैले नया“ घर ठड्याइसकेका छन् भने कोही घर बनाउन निर्माण सामग्रीको जोहो गरिरहेका छन् । स्थानीय फुर्वा तामाङ उत्साहित हुँदै भन्छन्, “ढिलै भए पनि सिङ्गो गाउ“मा पुनर्निर्माणको लहर आएको छ ।” यो लहरले भूकम्पले बिथोलेको फूलबारी गाउ“ फेरि फुल्दै गरेको देखिन्छ ।

पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार, काभ्रेमा २७ हजार ३२९ वटा निजी आवास निर्माण भइरहेकोमा नमोबुद्ध नगरपालिकामा मात्रै १ हजार ९०७ वटा घर बनिरहेका छन् । यहा“ भूकम्पका कारण ६ हजार ९२५ घर पूर्णरूपमा क्षति भएका थिए । अहिलेसम्म एक हजार ३४ घर बनिसकेका छन् ।

पुरानो घर अगाडि थुपारिएको निर्माण सामग्री ।

निर्माण सम्पन्न भइसकेको मथुरापाटीको एक घर ।

घर निर्माण गर्दै मथुरापाटीका स्थानीय ।

५ मंसीरसम्मको तथ्यांक अनुसार भूकम्प प्रभावित ३२ जिल्लामा दुई लाख ३४ हजार २६९ वटा नया“ घर बनिरहेका छन् । अनुदान सम्झौता गरेकामध्ये ३ लाख २६ हजार ५१२ घर निर्माण भइसकेको प्राधिकरणले जनाएको छ । भूकम्पका कारण देशभर आठ लाखभन्दा बढी घरमा क्षति पुगेको थियो ।

काभ्रेमा जस्तै देशैभर निजी आवास निर्माणको लहर आएको बताउँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली भन्छन्, “निजी आवास निर्माणमा ७७ प्रतिशत प्रगति भएको छ । ४३ प्रतिशत घर निर्माण भइसकेका छन्, ३४ प्रतिशत निर्माणका क्रममा छन् ।” ल

comments powered by Disqus

रमझम