प्रदेश–३ को राजधानी हेटौंडा काठमाडौंबाट ठीक दक्षिणमा पर्छ, ‘कौवा मार्ग’ को हिसाबमा करीब ६४ किमीको दूरीमा । तराई–मधेश र सिमानापारिको लागि द्वार रहेको यो शहर पुग्न भने उपत्यकावासी र उपत्यका अर्थतन्त्रलाई जहिल्यै अप्ठेरो ! एक त सन् १९५६ मा खुलेको भैंसे दोभान र टिष्टुङ–पालुङहुँदै आउने त्रिभुवन राजपथ (असली ‘बाइरोडको बाटो’) ले घुमाउरो रुट समात्यो । पछि अलि सजिलो गरी गुड्न मिल्ने गरी चीनले सन् १९७३ मा त्रिशूली किनार भएर मुग्लिनदेखि नारायणघाटसम्म बाटो खोल्न शुरू गरेपछि, र त्यहाँबाट अमेरिकी सहयोगमा यसअघि नै बनेको नारायणघाट–हेटौंडा राजमार्ग जोडिएपछि एउटा वैकल्पिक मार्ग खुल्यो । जुन झण्डै आधा शताब्दीसम्म मुख्य हाइवे बन्यो– पूर्व जानलाई समेत काठमाडौंबाट नारायणघाटसम्म १४७ किलोमिटर पश्चिम अनि त्यहाँबाट पूर्व हेटौंडासम्म ७५ किलोमिटर पुग्ने गरी ।
जीर्ण हेटौंडा–काठमाडौं रोपवेमा कसैको नजर जाँदैन ।
हेटौंडाबाट पूर्वतर्फ बनिसकेको दुई लेन कान्ति राजपथ खण्ड ।
तस्वीरहरूः कनकमणि दीक्षित
पुरानो एक लेनको ट्रयाक ।
आज आएर हेटौंडा र उपत्यका जोड्ने पाँच वटा वैकल्पिक बाटा छन्, तीमध्ये धेरैजसो निर्माणाधीन । एउटा त उही पुरानो बाइरोडको बाटो, अर्को हालै विस्तार गरिएको नारायणघाट–मुग्लिन–थानकोट । यस्तै, अहिले ‘सुमो राजमार्ग’ का तीन हाँगा छन्– मातातीर्थ झर्ने, फाखेल र छैमलेका बाटाहरू । उता काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक पनि बनिरहेको छ । तर, त्रिभुवन राजपथ बनेकै ताका नेपाली बलबुताले खोलेको ट्रयाक चाहिं कान्ति राजपथ (९२ किलोमिटर) नै हो, चापागाउँ र टीकाभैरवहुँदै भट्टेडाँडा अनि पूर्व लागेर वागमतीको खोंच छिचोल्दै हेटौंडा पुग्ने साँघुरो ‘एक लेन’ को बाटो । यो राजपथ वि.सं. २०१६ मै नेपाल सेनाले बनाएको हो । अहिले विस्तारको काम भइरहेछ ।
मकवानपुर–ललितपुर सिमानामा रहेको वागमतीको पुलबाट देखिने उपत्यकावासीको मलमूत्रको फिंज र फास्ट ट्रयाकको पहाड कटान (तल) ।
प्रदेश–३ का मुख्य मन्त्री डोरमणि पौडेल हेटौंडाबाट काठमाडौं उपत्यका महीनाको ८–९ पटक ओहोर–दोहोर गर्छन् । उनको भनाइमा कान्ति राजपथ (राजमार्ग, लोकमार्ग अथवा बाइरोड !) को विस्तार भएपछि करीब साढे दुई घण्टामा उपत्यकाको रिङरोड पुगिनेछ । ल