२०-२६ माघ २०७५ | 3-9 February 2019

हिउँमा खुलेको रारा

Share:
  
- भरतबन्धु थापा

मुगुको रारा ताल क्षेत्रलाई एक सातादेखि परेको हिउँले छपक्कै ढाकेको छ । तालको सौन्दर्य पान गर्न गएका पर्यटक हिउँ खेल्न पाएर थप रमाएका छन् । हिउँ परेकै कारण पाँच दिन टेलिफोन सेवा बन्द र तीन दिन ताल्चा विमानस्थल अवरुद्ध भए पनि सहकालको आशामा स्थानीय बासिन्दा समेत खुशी छन् ।

तस्वीरः भरतबन्धु थापा

रारा छेउको जंगल ।

मुगुको ताल्चा विमानस्थल ।

सन् २००७ मा रामसार सूचीमा परेको रारा १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नेपालको सबैभन्दा ठूलो ताल हो । तालसँगै यहाँको वन क्षेत्र, घाँसे मैदान र ल्यान्डस्केपले पनि पर्यटकलाई लोभ्याउँछ ।

सडकमार्गले राष्ट्रिय सञ्जालमा जोडेपछि रारामा पर्यटकको आगमन बढ्दो छ । गएको साउनयता मात्रै ४,८२५ जना पर्यटक रारा पुगिसकेका छन्, जसमध्ये ठूलो संख्या आन्तरिक पर्यटकको छ । यी तस्वीरहरू १६ माघमा खिचिएका हुन् ।

comments powered by Disqus

रमझम