१-१५ भदौ २०६९ | 17-31 August 2012

मस्तिष्क प्रतिगमन

Share:
  
- कनकमणि दीक्षित

मस्तिष्क प्रतिगमन अरू मुलुकको बौद्धिक अभिवृद्धि भइरहँदा हाम्रो समाजमा चाहिं किन हरेक मोडमा विचारको कमी देखिएको होला! द्वन्द्वकालको सुरुआतसँगै अर्थतन्त्र मासिएको त थाहा भएकै कुरा हो, तर अब त अन्योल र अराजकताबीच हाम्रा व्यक्तिविशेषको मात्र नभई सामाजिक व्यक्तित्वको मस्तिष्कमा पनि ह्रास आएको आशंका बढेको छ। सरकार, राजनीतिक दल वा संघसंस्थाबाट आउने अनर्थका कुरा आफैंमा उदेकलाग्दा त हुन्छन् नै, तीबारे हुने टिप्पणी र विश्लेषणले पनि तर्क, विवेक र संवेदनशीलताको खडेरी प्रमाणित गर्दछन्। यत्रतत्र छरिएका मस्तिष्क ह्रासको उदाहरणका केही प्रमाण यहाँ प्रस्तुत छन्।

प्रमाण १: एक होइन अनेकौं राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी संगठन 'विदेशी नाम' का स्कूलमाथि भौतिक कारबाही गर्दैछन्। पश्चिमा मुलुकका प्रतिष्ठित नामको प्रयोग गरेर विद्यार्थी र अभिभावक तान्ने प्रायः १०+२ विद्यालय सञ्चालकहरूको ध्येय निन्दनीय त छँदैछ, तर 'विदेशी' नामै राख्न नपाइने भन्ने पनि त छैन। तैपनि नाम स्वीकृत गर्ने शिक्षा कार्यालय तथा तिनलाई निर्देशन दिने विभाग र मन्त्रालयलाई सचेत गराउनुपर्ने कुरा हो यो। अरू सिर्जनशील राजनीतिक कार्यक्रम गर्ने क्षमता नभएपछि के लाग्दो रहेछ र! 

कुनै चर्चित पश्चिमा विश्वविद्यालयसँग असली सहकार्य गर्ने संस्थालाई यो बन्देज लागू हुन्छ कि हुँदैन? कुनै दक्षिणएशियाली ऐतिहासिक व्यक्तित्वको नाममा न्वारान गरियो भने के गर्ने, जस्तै गान्धी विद्याश्रम, फैज अहमद फैज संगीत विद्यालय, शाहजहाँ मदरसा वा साईबाबा गुरुकुल? मलेसिया, खाडी मुलुक, चीन, जापानका नाम सापटी लिन पाइने कि नपाइने? अमर्त्य सेन आफैंले 'अमर्त्य सेन एकेडेमी' खोल्न अनुमति दिए भने के गर्ने? कति कम सोचका साथ यो अभियान चलाइएको छ, 'युवा' राजनीतिज्ञहरूद्वारा। तैपनि सुनिन्छ― शिक्षा मन्त्रालय यसबारे कुनै कदम चाल्दैछ।

जे भए पनि यो प्रावधानले आधुनिक नेपालमा एउटा वयस्क पुरुषले जस्तै वयस्क महिलाले चाहेमा काम गर्न जान पाउने अधिकारको हनन् गर्दछ। राज्यले विदेशिएका महिला कामदारको सुरक्षाको लागि कुनै कसर बाँकी राख्नुहुँदैन, मुलुकभित्र 'म्यानपावर एजेन्सी' माथिको निगरानीदेखि खाडीमा कूटनीतिक सक्रियतासम्म। तर त्यसो गर्न नसकेर ३० ननाघेका महिलालाई जानै नदिने निर्णय सही हुन सक्दैन। यो त महिलाको मानवअधिकार हनन् हो।

शुरूमै बुझनुपर्ने कुरा, 'युवा' कसलाई मान्ने? ५० वर्षभन्दा मुनि ४०, ३०, २५, २० वर्ष? राजनीतिमा मौका नपाएकालाई मान्ने हो भने वृद्धवृद्धालाई पनि मान्नुपर्ने हुन्छ। 'नयाँ अनुहार' लाई भन्ने हो भने आफूले नाम कमाउन केही नगरेकालाई स्थान दिएसरह हो। नयाँ विचार र कार्यक्रम पेश गरेर आफ्नो दललाई बाध्य तुल्याउनु एउटा कुरा, मिडियाको प्रयोग गर्दै 'म युवा त्यसैले मेरो पालो' भन्नु जस्तो लाचारी केही होइन। तर पनि हाम्रा केन्द्रीय विश्लेषकहरू यस्ता प्रस्तुतिलाई बढावा दिन्छन्। 

ओई यूथ फोर्स!


आज लोकतान्त्रिक सिद्धान्त र अहिंस्रक राजनीतिको कुरा गर्नेले भोलिको देश हाँक्नुपर्दछ, तर देश हाँक्ने त्यस्ता युवा क्षितिजमा देखिंदैनन्। दुई–चार दशक पार गरेको मात्र भरमा तिनले हामीलाई भोलिको समृद्धितर्फ डोर्‍याउँछन् भन्ने भ्रम पाल्नु व्यर्थ हो। बौद्धिक प्रतिगमनकै कारण आजका युवा जमात आमसभा गर्ने आँट गर्दैनन्, टायर बाल्नु, डण्डा बजार्नुलाई प्रगतिशील र अग्रगामी कदम ठान्दछन्। 

के हो यस्तो लगातार बन्द र चक्काजाम?! कसलाई के भन्न खोजेको?! यस्तो जनता सताउने काम गर्दा लाज लाग्नुपर्ने हो! तर लागेको जस्तो देखिएन! वास्तविक शक्ति छ भने एउटा सहभागितापूर्ण आमसभा गरी देखाऊ त खुलामञ्चमा! बन्द र चक्काजाम त कायरको बाटो पो हो! धम्की, ढुंगामुढा र आगजनीद्वारा पसल बन्द गर्नु र सडक खाली गर्नु केही गाह्रो कुरा होइन। तसर्थ, यो लगातारको कायर क्रियाकलापले यूथ फोर्स भनेको गुण्डागर्दी फोर्स भन्ने बुझाउँछ! अनि एमाले पार्टीका बडेमान नेताहरूको के राय छ यस विषयमा? किन आम नागरिकलाई यूथ फोर्सले खुल्लम खुल्ला दुःख दिंदा चुपचाप रमिते बसेको?? धिक्कार!!

comments powered by Disqus

रमझम