५-११ फागुन २०७५ | 17-23 February7 2019

हिउँदमा कालिञ्चोक

Share:
  
- भरतबन्धु थापा

दोलखा जिल्लामा पर्ने कालिञ्चोक धार्मिक यात्रासँगै रमणीय दृश्यावलोकनका लागि आकर्षक गन्तव्य हो । कालिञ्चोक भगवतीको मन्दिर रहेको यो ठाउँबाट देखिने हिमशृंखलाले आँखा शीतल पार्न आन्तरिक पर्यटकहरू झुम्मिन्छन् । हिउँदमा काठमाडौंबाट हिउँ खेल्न आउनेहरूको लर्को लाग्छ । यहाँ सामान्यतया माघदेखि फागुन पहिलो सातासम्म बाक्लो हिमपात हुन्छ ।

तस्वीरः भरतबन्धु थापा
टकालिञ्चोक भगवती मन्दिर परिसर।

टहिउँमा रमाउँदै आन्तरिक पर्यटक ।

कुरी बजारबाट एक घण्टाको उकालो छिचोलेपछि कालिञ्चोक भगवती मन्दिर पुगिन्छ । समुद्री सतहबाट ३,८४२ मिटर उँचाइमा अवस्थित कालिञ्चोक भगवती काठमाडौंको शोभा भगवती, काभ्रेको पलाञ्चोक भगवतीसहित सात दिदीबहिनीमध्येको एक रहेको जनविश्वास छ । बडादशैं, जनैपूर्णिमा र चैते दशैंमा कालिञ्चोकमा मेला लाग्छ । मन्दिर परिसरबाट रोल्वालिङ र लाङटाङ हिमशृंखलाका साथै गौरीशंकर हिमाल हेर्न सकिन्छ ।

टकुरी बजार ।

टकालिञ्चोक केबलकार ।

कसरी पुग्ने ?

काठमाडौंबाट पाँच घण्टाको बसयात्रापछि दोलखाको सदरमुकाम चरिकोट पुगिन्छ । चरिकोटदेखि कालिञ्चोकको कुरी बजारसम्म १७ किलोमिटर बाटो भने कच्ची छ । हिउँ नपरेको समयमा कुरीसम्म जीप नियमित चल्छ । हिमपातको बेला चार/पाँच किलोमिटर पैदल हिंड्नुपर्छ ।

comments powered by Disqus

रमझम