१२-१८ फागुन २०७५ | 24 Feb - 2 March 2019

आस्थाको त्रिवेणी

Share:
  
- भरतबन्धु थापा

खोटाङ जिल्लामा अवस्थित हलेसी महादेव हिन्दू, किराँत र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । हिन्दूहरूले पूर्वको पशुपतिनाथ मान्ने यो धार्मिक स्थललाई बौद्ध धर्मावलम्बीहरूले दोस्रो लुम्बिनी मान्छन् भने किराँतहरूले आदिम भूमि मानेर पुज्छन् ।

हलेसी मन्दिर परिसर ।

भरतबन्धु थापा
बसाहा गुफा ।

हलेसी बजार ।

हलेसी गुफा परिसर ।

हलेसी महादेवको मूर्ति ।
तीनै धर्मावलम्बीको आस्थाको त्रिवेणी बनेको हलेसी महादेवको दर्शन गरेमा दुःखबाट पार पाइने र निःसन्तानको काख भरिने जनविश्वास छ । बसाहा, हलेसी र भैरव गरी तीन वटा गुफा रहेको मन्दिरमा महाशिवरात्रि, रामनवमी र बालाचतुर्दशीमा मेला लाग्छ । अन्य समयमा शनिबार बिहान दर्शनार्थीको घुइँचो हुन्छ ।

धार्मिक पर्यटनको गन्तव्य हलेसी प्राकृतिक दृश्यावलोकनका लागि पनि प्रख्यात छ । सडक सञ्जालले जोडिएपछि आन्तरिक पर्यटक जाने क्रम बढेको छ । छिमेकी देश भारत र चीनबाट समेत भक्तजन आउँछन् ।

कसरी पुग्ने ?

काठमाडौंबाट हलेसी जाने दुई वटा बाटो छन् । काठमाडौं–मिर्चैया–कटारी–घुर्मी–हर्कपुर हुँदै जयरामघाटबाट दूधकोशी तरेर हलेसी पुगिन्छ । यो अलि लामो बाटो पर्छ । बीपी राजमार्ग हुँदै काठमाडौं–नेपालथोक–सिन्धुली–घुर्मीबाट पनि जान सकिन्छ । बिहान ७ बजे जीप चढियो भने दिउँसो २ बजेतिर पुगिन्छ । मन्दिर छेउछाउमै खाने तथा बास बस्ने राम्रो व्यवस्था छ ।

comments powered by Disqus

रमझम