१९-२५ फागुन २०७५ | 3-9 March 2019

‘माउण्टेनियरिङ यूनिभर्सिटी जरूरी छ’

Share:
  

२७ माघ २०७५ मा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको अध्यक्षमा नियुत्ताm लाक्पाफुटी शेर्पा भन्छिन्, “पर्वतारोहण र पर्यटन हाम्रो रोजगारीको मुख्य आधार बन्न सक्छ।”

भर्खरै प्रतिष्ठानको अध्यक्ष नियुक्त हुनुभएको छ, नयाँ के गर्नुहुन्छ ?

अहिलेसम्म नेपालमा पर्वतारोहण बारेमा ‘एकेडेमिक’ अध्ययन–अध्यापन हुनसकेको छैन, प्रशिक्षण मात्र सञ्चालन भइरहेको छ । अब ‘एकेडेमिक’ शिक्षा शुरु गर्ने योजना छ ।

‘एकेडेमिक’ शिक्षा नै किन ?

तालिमका आधारमा उत्पादित जनशक्तिले अध्ययन–अनुसन्धान गर्न सक्दैनन् । पर्वतीय क्षेत्रको भूगोल, पर्यावरण, मानव समुदाय लगायतका विषयमा अध्ययन अनुसन्धान हुनु जरुरी छ– विशेष गरी नेपाल जस्तो देशका लागि । त्यसैले नेपालमै पहिलो ‘माउण्टेनियरिङ यूनिभर्सिटी’ स्थापनाका लागि प्रयत्न गरिरहेका छौं ।

यस्तो शिक्षाका लागि अहिलेसम्म के के प्रयत्नहरु भए त ?

पर्वतारोहणसम्बन्धी स्नातक तहको पढाइ शुरु भइसकेको छ । स्नातकोत्तर तहको अध्ययनका लागि पनि सबै प्रक्रिया पूरा भएर पढाइ शुरु हुन मात्र बाँकी छ । त्यसबाहेक सोलुखुम्बुलाई केन्द्र बनाएर सातवटै प्रदेशमा पर्वतारोहण सम्बन्धी अध्ययन गर्ने शिक्षालय स्थापना गर्ने तयारीमा छौं ।

नेपालमा पर्वतारोहणको अवस्था कस्तो छ ?

हामी माल पाएर चाल नपाएको जस्ता छौं । विश्वकै सबैभन्दा उच्च हिमशृंखलादेखि भगवान गौतम बुद्धको जन्मस्थल नेपालमै छ । व्यवस्थापकीय पाटोमा मात्रै सुधार गर्ने हो भने पनि पर्वतारोहण र पर्यटन हाम्रो रोजगारीको मुख्य आधार बन्न सक्छ ।

पर्वतारोहण क्षेत्रका मुख्य चुनौती के के हुन् ?

प्रमुख कुरा अहिले पनि सबै ठाउँमा यातायातको सहज पहुँच छैन, अन्य पूर्वाधारको पनि समस्या छ । पहिले त पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्‍यो । पूर्वाधार र सहज यातायातको पहुँच हुँदावित्तिकै हामीले ठूलो फड्को मार्न सक्छौं ।

comments powered by Disqus

रमझम