अनुसन्धानबाट बर्सेनि वनस्पतिका नयाँ–नयाँ प्रजाति पत्ता लाग्ने गरेका छन् । ती वनस्पतिको वैज्ञानिक नाम ठाउँविशेषका साथै व्यक्तिका नामबाट पनि राख्ने प्रचलन छ । वनस्पति अध्ययन, अनुसन्धान र संरक्षणको क्षेत्रमा संलग्न व्यक्तिलाई सम्मान स्वरूप त्यस्तो नामकरण गरिँदै आएको छ । नेपालमा पनि विभिन्न व्यक्तिको नामबाट वनस्पतिको नामकरण गरिएका छन् । सन् १९२९ यता हालसम्म व्यक्तिको नामबाट ३३ प्रजातिका वनस्पतिको नाम राखिएका छन् । वनस्पति र जनावरको वैज्ञानिक नाम द्विपदीय (दुई शब्दको) नामकरण प्रणालीबाट राखिन्छ । स्वीडेनका वनस्पतिविद् एवम् प्राणीशास्त्री कार्ल लिन्नियसले सन् १७५३ मा यो प्रणाली शुरू गरेका हुन् । वैज्ञानिक नाममा प्रयोग हुने अघिल्लो शब्दलाई ‘जेनेरिक नेम’ र पछिल्लोलाई ‘स्पेसिस इपिथेट’ वा ‘स्पेसिफिक नेम’ भनिन्छ । नामकरण गर्दा चलनचल्तीका शब्दलाई ल्याटिन बनाउनुपर्छ ।
द्विपदीय नामकरण प्रणालीबाट विश्वभर हालसम्म पूmल फुल्ने वनस्पतिका करीब तीन लाख प्रजातिको नाम राखिएका छन् । तीमध्ये नेपालमा करीब ६ हजार प्रजाति सूचीकृत छन् । १६ सय ६० प्रजाति त नेपालमै पत्ता लागेका हुन् । जसमध्ये पूmल फुल्ने २५ प्रजातिका ‘जेनेरिक नेम’ र ‘स्पेसिस इपिथेट’ नेपालीका नामबाट बनेका छन् । यस्तै, उन्यू र ढुसीका २र्र्/२ र च्याउको १ प्रजाति नेपालीकै नामबाट नामकरण भएका छन् । यसका साथै उन्यूका तीन वटा प्राकृतिक ठिमाहा प्रजातिको ‘स्पेसिस इपिथेट’ नेपालीको नामबाट बनेका छन् । ठिमाहा प्रजातिलाई जनाउन जेनेरिक नेम र स्पेसिस इपिथेटको बीचमा गुणन चिह्न (x) लेखिन्छ ।
वनस्पति अध्येताका निम्ति संसारभरका वनस्पति सधैं उत्तिकै महत्वपूर्ण हुन्छन् । यस कारण, वनस्पति वा जनावरको वैज्ञानिक नाममा परेका व्यक्ति विज्ञान क्षेत्रमा अमर रहन्छन् । यस आलेखमा नेपालमा हालसम्म कस–कसको नामबाट कुन–कुन वनस्पतिको नामकरण गरिएका छन् भन्ने चर्चा गरिएको छ ।
यसै क्रममा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पुग्दा फरक प्रकृतिको ऐंसेलु देखे । वनस्पतिविज्ञ मानबहादुर रोकाया र साजन सुवेदीले त्यो ऐंसेलुको स्थलगत रूपमा थप अध्ययन गर्दा त्यो नमूना विश्वकै निम्ति नयाँ नै ठहर भयो । रोकाया र सुवेदीले यसको वैज्ञानिक नाम दोर्चीको योगदानलाई कदर गर्दै ‘रुबस दोर्चीई’ राखे । त्यो जानकारी २०२१ जुलाईमा प्रसिद्ध जर्नलफाइटोट्याक्सामा प्रकाशन भएको छ ।
सन् २०१७ मा कसजूले भक्तपुरमा थुन्बर्जिया जाति अन्तर्गतको फरक वनस्पति देखे । उनले तस्वीर नेपालमा थुन्बर्जियाबारे अध्ययन गर्दै आएका रोयल बोटानिक गार्डेन इडिनबरा, स्कटल्यान्ड, युकेका भास्कर अधिकारीलाई पठाए । अधिकारीले नेपाल आउँदा त्यसको स्थलगत अध्ययन गरे । उनले युकेमा वनस्पतिविद् जोन आर.आई. उडसँग मिलेर थप अध्ययन गर्दा त्यो वनस्पति विश्वकै निम्ति नयाँ प्रमाणित भयो । उनीहरूले त्यो वनस्पतिको वैज्ञानिक नाम कसजूको सम्मानमा ‘थुन्बर्जिया कसजुवाना’ राखे । त्यो जानकारी रोयल बोटानिक गार्डेन किउको बुलेटिनको २०२० जुलाई संस्करणमा प्रकाशन भएको छ ।
सन् २०१२ मा हुम्लाबाट संकलित पूmल फुल्ने एक वनस्पतिको नाम चौधरीको सम्मानमा ‘सौसुरिया रामचौधुरियी’ राखिएको छ । उक्त जानकारी वनस्पतिविद् हुमकला राना, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पतिशास्त्र विभागका प्राध्यापक सुरेशकुमार घिमिरे सहितका धेरै लेखकले फाइटोट्याक्सा जर्नलको २०१८ फेब्रुअरी संस्करणमा प्रकाशन भएको लेखमा उल्लेख छ ।
उक्त प्रजाति भारत, चीन, तिब्बत, बर्मा, थाइल्यान्ड, भियतनाम लगायत देशमा पाइन्छ । उन्यूको एक प्राकृतिक ठिमाहा प्रजातिको नाम पनि उनकै नामबाट ‘माइक्रोलेपिया ह कँडेली’ राखिएको छ ।
उन्यू विज्ञ क्रिस्टोफर आर. फ्रेजर–जेन्किन्सले श्रेष्ठले उन्यूको अनुसन्धानमा गरेको योगदानलाई कदर गर्दै एक उन्यू प्रजातिको नाम ‘हुपर्जिया श्रेष्ठ’ राखेका छन् । यसबारे सन् २०१८ मा प्रकाशित पुस्तक ‘एन एन्नोटेट चेकलिस्ट अफ इन्डियन टेरिडोफाइट्स’ (भाग–२) मा उल्लेख छ । यो प्रजाति भारतको दार्जीलिङ, भुटान, बर्मा र चीनको दक्षिणपूर्वी भागमा भेटिएको छ ।
कुँवरले वन र वनस्पति संरक्षणमा गरेको योगदानलाई कदर गर्दै सुनाखरीको एक प्रजातिको नाम ‘ओडोन्टेचिलस नन्देयी’ राखिएको छ । वनस्पतिविद् भक्तबहादुर रास्कोटीले कास्कीमा जमीनमा हुने नयाँ प्रजातिको सुनाखरी फेला पारेका थिए । उनले कुँवरको नाममा यसको वैज्ञानिक नामकरण गरेको जानकारी फाइटोट्याक्सा जर्नलको सन् २०१५ नोभेम्बरको संस्करणमा प्रकाशित छ ।
रास्कोटीले मकवानपुरको दामन क्षेत्रमा सन् २००८ मा एक नयाँ प्रजातिको सुनाखरी फेला पारे । त्यसलाई ‘सुनिपिया नेपालेन्सिस’ नामकरण गरेको जानकारी फाइटोट्याक्सा जर्नलको सन् २०११ अक्टोबरको संस्करणमा प्रकाशन भयो । फाइटोट्याक्सामै सन् २०१४ मार्चमा प्रकाशित लेखमा ‘सुनिपिया नेपालेन्सिस’लाई रास्कोटीकै नाममा ‘बुल्बोफाइलम रास्कोटीई’मा रूपान्तर गरिएको छ ।
विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालको प्रतिनिधि रहेको समयमै उनको सन् २००६ मा ताप्लेजुङस्थित घुन्सामा हेलिकोप्टर दुर्घनामा निधन भयो । गुरुङले संरक्षण क्षेत्रमा गरेको योगदानलाई सम्मान गर्दै भक्तबहादुर रास्कोटी, जे.जे. जेफ्रिउड र रीता आलेले रसुवामा भेटिएको सुनाखरीको नयाँ प्रजातिको नाम ‘नियोटिया चन्द्रेई’ राखेका छन् ।
सोर्बस शर्माई
उदयराज शर्माले ३० वर्ष नेपाल सरकारको कर्मचारी रहँदा करीब दुई दशक संरक्षित क्षेत्रको व्यवस्थापन र नीति निर्माण तहमा योगदान गरे । शर्मा वनस्पति विभागको प्रमुख रहँदा सन् २००३ मा बेलायतको सहयोगमा तीन वर्षे डार्विन इनिसियटिभ प्रोजेक्ट सञ्चालन भएको थियो । उक्त प्रोजेक्टको सगरमाथा राष्ट्रिय निकुञ्जको स्थलगत अनुसन्धानमा उनी केही दिन सहभागी भएका थिए ।
सोही निकुञ्जबाट संकलित रूख समूहको वनस्पति सन् २००९ मा विश्वका निम्ति नयाँ प्रमाणित भयो । शर्माले अनुसन्धानमा पुर्याएको योगदानलाई कदर गर्दै मार्क वाट्सन, विद्या मानन्धर लगायतले त्यो वनस्पतिको नाम ‘सोर्बस शर्माई’ राखेका थिए । सन् २०१८ मा यसको नाम ‘ग्रिफिथारिया शर्माई’मा रूपान्तर भएको छ ।
अमृत साइन्स कलेजकै देवेन्द्रमान वज्राचार्य, लोकेशरत्न शाक्य र एम. क्षेत्रीले सन् १९९३ मा ललितपुर गोदावरीको खानीगाउँमा एक नयाँ प्रजातिको सुनाखरी फेला पारे । उनीहरूले त्यसको नाम आफ्नै गुरु बानियाँको सम्मानमा ‘इरिया बानियाई’ राखेका थिए । सन् २०१८ मा उक्त प्रजातिको नाम ‘पिनालिया बानियाई’ भएको छ ।
पक्सिनिया अधिकारीई
च्याउ अनुसन्धाता महेशकुमार अधिकारीले नेपालका च्याउ सम्बन्धी आधा दर्जनभन्दा बढी पुस्तक लेखेका छन् । सन् १९७४ मा डिपार्टमेन्ट अफ मेडिसिनल प्लान्टमा नियुक्त उनी वनस्पति विभागको उप–महानिर्देशक पदबाट सेवानिवृत्त भएका थिए । अहिले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का सदस्य–सचिव छन् ।
च्याउलाई पनि ढुुसी भनिन्छ । जापानका एक ढुसी विशेषज्ञले नेपालबाट सन् १९८६ मा संकलन गरेका ढुसीमध्ये केही नयाँ प्रजाति पाएका थिए । नेपालको ढुसी अध्ययनमा अधिकारीको योगदानलाई कदर गरी उनले एक प्रजातिको ढुसीको नामकरण ‘पक्सिनिया अधिकारीई’ गरे । यस्तै, सिक्किममा फेला परेको च्याउको नयाँ प्रजातिको नाम पनि अधिकारीकै सम्मानमा ‘सुइलस् अधिकारीई’ राखिएको छ ।
पोवा राजभण्डारीई
वनस्पतिविद् केशवराज राजभण्डारी ३० वर्षे सरकारी सेवामा वनस्पति विभागबाट अवकाश पाएपछि अनुसन्धानका तथ्यांक एकीकृत गर्ने कार्यमा सक्रिय छन् । वनस्पति पहिचान गर्नसक्ने क्षमता भएका विज्ञमध्ये राजभण्डारी सबैभन्दा अग्रस्थानमा छन् । उनी घाँस वर्ग अन्तर्गत विशेषतः पोवा जातिको विज्ञ हुन् ।
पोवा जाति अन्तर्गत एक प्रजातिको पहिचानमा करीब २०० वर्षदेखि अन्योल रहँदै आएको थियो । रोयल बोटानिक गार्डेन इडिनबराका वनस्पतिविद् एच.जे. नोल्टीले राजभण्डारीले पोवा जातिको अनुसन्धानमा गरेको योगदानको कदर गरी त्यसको नाम सन् २००० मा ‘पोवा राजभण्डारीई’ राखिदिए । यस्तै, उन्यूको एक प्राकृतिक ठिमाहा प्रजाति उनकै नाममा ‘एसोलेनियम ह राजभण्डारीई’ राखिएको छ ।
थेलिप्टेरिस x नरेशी
उन्यूको अध्ययनमा रुचि भए पनि फुल फुल्ने वनस्पति पहिचानमा नरेश थापाको विशेष दख्खल थियो । उनले सन् २००५ पछि वनस्पति अनुसन्धान परित्याग गरे जस्तै अवस्था छ । थापाले बेलायतबाट नेपाल बसाइँ सरेका उन्यू विज्ञ क्रिस्टोफर आर. फ्रेजर–जेन्किन्ससँग धेरै कुरा सिक्ने अवसर पाए । ललितपुर गोदावरीस्थित राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालाको उन्यू शाखामा काम गरेका उनी त्यहाँ भी.एल. गुरुङपछिका दोस्रा उन्यू अध्येता हुन् । जेन्किन्सले नेपालको मध्य पहाडमा संकलन गरेको उन्यूको नमूना विश्वका लागि नयाँ पाए । त्यो बिरुवा प्राकृतिक ठिमाहा थियो । उनले उक्त उन्यूको नाम थापाको योगदानलाई सम्मान गर्दै ‘थेलिप्टेरिस x नरेशी’ राखे ।
बिस्टोर्टा शेरेई
जापानी वनस्पतिविद् हिडेकी ओहबा वनस्पतिको अनुसन्धान गर्न सन् १९७२ पछि कैयौं पटक नेपाल आएका थिए । त्यस क्रममा स्थलगत अध्ययनमा भरिया भएर गएका थिए, शेरे शेर्पा । त्यस क्रममा संकलित वनस्पतिको व्यवस्थापन गर्न समेत सघाएका शेर्पा ओहबाको प्रिय पात्र बने ।
सन् १९७७ मा ओहबा सहित जापानको एक वनस्पति टोली संखुवासभाको थुदाम र ताप्लेजुङको तोप्केगोला गएको थियो । थुदाम जाने क्रममा जलजले हिमालमा संकलन गरिएको एक नमूना विश्वकै निम्ति नयाँ भएको पत्तो लाग्यो । शेरे शेर्पाको योगदानलाई कदर गरी ओहबा र एस. एकियामाले सन् १९९२ मा त्यो प्रजातिको नाम ‘बिस्टोर्टा शेरेई’ राखे । यस्तै, उनको नाममा सन् १९९७ मा एउटा अर्को वनस्पति ‘जुन्कस शेरेई’ नामकरण भएको छ ।
कोरिडालिज शाक्येई
वनस्पति विभागबाट सेवानिवृत्त पुष्परत्न शाक्य वनस्पति संकलक र अनुसन्धानकर्ता हुन् । सन् १९६३ मा डिपार्टमेन्ट अफ मेडिसिनल प्लान्ट (सन् १९६१ अघि वनस्पति फाँट, हाल वनस्पति विभाग) बाट सरकारी सेवामा प्रवेश गरेका शाक्यले १९७० मा विदेशी विज्ञ टोलीमा सहभागी भएर वनस्पति खोजमा वनजंगल चहार्ने अवसर पाएका थिए । सन् १९८४ मा दार्चुला गएका शाक्य, महेशकुमार अधिकारी र एम.एन. सुवेदीले ३६ सय मिटर उचाइमा एक वनस्पतिको नमूना संकलन गरे । पापाभेरेसी परिवार अन्तर्गतको उक्त नमूना विश्वका निम्ति नयाँ भन्ने पत्तो लाग्यो । त्यो प्रजातिको अध्ययन गरेका स्वीडेनका म्यानगस लिडेनले सन् १९८९ मा उनै शाक्यको नाममा ‘कोरिडालिज शाक्येई’ नामकरण गरे ।
चमेसियम श्रेष्टइएनम
वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ जैविक विज्ञानका कुरा सरल नेपालीमा लेखेर जनसाधारणलाई बुझाउने विशिष्ट लेखक तथा अनुसन्धाता हुन् । नेपालका जैविक विविधताबारे राम्रो ज्ञान भएका श्रेष्ठले नेपालसँग सम्बन्धित सबैजसो मूर्धन्य वनस्पति विज्ञसँग सहकार्य गरेका छन् ।
फ्रेन्च बोटानिस्ट मिसेल ए. फ्यारिलले २४ अक्टोबर १९८१ मा दोलखाको रोल्वालिङ उपत्यकाबाट संकलन गरेको धनियाँ परिवारको वनस्पतिको नमूना विश्वको निम्ति नयाँ ठहर भयो । फ्यारिल र एस.बी. मल्लले सन् १९८५ मा त्यसको नामकरण श्रेष्ठको सम्मानमा ‘चमेसियम श्रेष्टइएनम’ गरे । सन् २००२ मा उक्त नमूनालाई फ्यारिलले ‘डोल्पोजेस्टेल्ला श्रेष्टइएनम’ हो भने पनि यसको नाम पूर्ववत् नै कायम छ ।
कोब्रेसिया एसबिराजभण्डारीई
टिस्यु कल्चरमा विज्ञता रहेका समनबहादुर राजभण्डारी (सन् १९३६–२०१३) नेपालमा औषधिजन्य वनस्पतिको टिस्यु कल्चर गर्ने पहिलो व्यक्ति हुन् । वनस्पति फाँटमा सन् १९६० ताका प्रवेश गरेका उनी विदेशी विज्ञ टोलीसँग वनस्पति संकलन गर्न जाने पहिलो नेपाली हुन् । उनी सन् १९७२–१९९२ सम्म वनस्पति विभागको उपप्रमुख र एक वर्ष प्रमुख भएका थिए ।
सन् १९८५ मा सोलुखुम्बुको दूधकुण्डबाट संकलन गरेको एक वनस्पति विश्वका निम्ति नयाँ पत्तो लाग्यो । केशवराज राजभण्डारीले उक्त वनस्पतिको नामकरण राजभण्डारीको सम्मानमा सन् १९८७ मा ‘कोब्रेसिया एसबिराजभण्डारीई’ गरे । यो वनस्पतिको नाम सन् २०१५ मा ‘क्यारेस एसबिराजभण्डारीई’ मा परिणत गरिएको छ ।
समरबहादुर मल्ल
सन् १९५९ मा वनस्पति फाँटमा नियुक्त समरबहादुर मल्ल (सन् १९३०–२०२०) १९७२ देखि २० वर्ष वनस्पति विभागको प्रमुख भए । मल्ल र समनबहादुर राजभण्डारी त्यस्ता दुई नेपाली वनस्पतिविद् हुन्, जसले नेपालका लागि पहिलो पटक सन् १९६२ मा काठमाडौं उपत्यकामा वनस्पति संकलन गरे । मल्ल र अरूहरूको सम्पादनमा वनस्पति विभागले सन् १९८६ मा ‘फ्लोरा अफ काठमाडौं भ्याली’ जस्तो गहकिलो पुस्तक प्रकाशन गरेको थियो ।
मल्लले नेपालको वनस्पति अभिलेखन गर्नुपर्छ भनेर संसारभरका विज्ञसँग सम्पर्क बढाएका थिए । तर, त्यो काम अगाडि बढ्न नसकेर अधुरै अवस्थामा छ । वनस्पति अभिलेखीकरणबारे उनको मान्यतालाई कदर गर्दै वनस्पतिविद्हरूले फूल फुल्ने तीन र ढुसीको एक प्रजातिको नामकरण गरेका छन् ।
शर्माले संकलन गरेर बेलायतमा संग्रह गरिएका दर्जनौं नमूना विश्वका निम्ति नयाँ थिए । तीमध्ये आधा दर्जन प्रजाति अहिलेसम्म नेपालका रैथाने छन् । उनी औषधि बनाउन सकिने वनस्पतिको व्यापार र औषधि निर्माण गर्न सन् १९३७ मा स्थापना गरिएको वनस्पति फाँटका प्रमुख थिए । स्व. समरबहादुर मल्लले यो पंक्तिकारलाई सन् २०१२ मा बताए अनुसार, भारतमा नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेपछि खडानन्द शर्मा नेपालमा भूमिगत भए । मल्लका अनुसार, शर्मा विश्व हिन्दू परिषद्का सदस्य थिए । शर्माको नाममा सन् १९४३ मा एक वनस्पति प्रजातिलाई ‘प्रिमुला शर्माई’ नामकरण गरिएको छ ।
उनको बारेमा कतिसम्म अपुरो जानकारी थियो भने, पूरा नाम समेत उपलब्ध थिएन । पंक्तिकार सन् २०१२ मा काठमाडौं बत्तीसपुतलीस्थित उनको परिवारको सम्पर्कमा पुग्न सफल भएपछि पूरा नाम लालध्वज सुनुवार रहेको पत्तो लाग्यो । उनका सन्ततिले भने थरमा किरण लेख्दा रहेछन् । उनकी कान्छी बुहारी चन्द्रकला किरणले बताए अनुसार, नेपाली सेनाको टुकडी सहित वनस्पति संकलन गर्न जाँदा लालध्वजको २०३१ सालको जनैपूर्णिमामा मुक्तिनाथमा निमोनियाबाट निधन भएछ । लालध्वज परिवारले बताए अनुसार, उनलाई मरणोपरान्त बेलायतको हल्टीकल्चर सोसाइटीले स्वर्ण पदक दिएको थियो । तर, सुनुवार परिवारले पदक पाएनन् ।
सारमा, सन् १९७६ मा केशवराज राजभण्डारी लिखित एक लेखबाट पंक्तिकारले साढे दुई दशकअघि स्नातकोत्तर तहमा नेपालको वनस्पति अनुसन्धानको इतिहास पढ्दा खडानन्द शर्मा र मेजर लालध्वजका बारेमा थाहा पाएको हो । त्यसयता वनस्पति विज्ञहरूले जैविक विविधताको खोज–अनुसन्धान र संरक्षणसँग सम्बद्ध थप १८ जनालाई वनस्पतिको वैज्ञानिक नामसँग जोडेर वनस्पति क्षेत्रमा अमर तुल्याएका छन् ।
व्यक्तिको नाममा राखिएका वनस्पतिका वैज्ञानिक नामले व्यक्तिसँगै देशलाई पनि विश्वमा चिनाउने भयो । तर, उल्लिखित प्रजाति हामीकहाँ के कस्तो अवस्थामा छन् भन्ने थाहा नहुनु चाहिँ चिन्ताको विषय बनेको छ । उल्लिखित वनस्पतिमध्ये आधाभन्दा बढी प्रजाति हालसम्म नेपाल बाहेक अन्यत्र फेला नपरेको तथ्य भएका कारण ती दुर्लभ प्रजातिको अध्ययन, खोज र संरक्षण झनै महत्वपूर्ण भएको हो ।
केही प्रजाति त एक पटक मात्र संकलन भएको अभिलेख छ । केही प्रजाति त लोप भइसकेका पनि हुन सक्छन् । वनर्र्/वनस्पति अध्ययन र संरक्षणका निम्ति बर्सेनि अर्बौं रुपैयाँ खर्च भइरहँदा हाम्रा अमूल्य सम्पदा बेखबर अवस्थामा रहने अवस्था अब अन्त्य हुनुपर्छ ।