कार्तिक २०७८ | 18/10/2021

बदनामीको लस्कर

Share:
  
- लुबिना कृतिका

सडकमा
गल्ली-गल्लीमा
मेरो लागि चलाइने अपशब्द र अपमान खोपिनेछ‌।

मेरो स्तन
मेरो पिठ्यूँ
मेरो नितम्ब
मेरो तिघ्रा
थोरै छाला देखिएको शरीर
मेरो दफ्तर, अटो, ट्रेन, बजारमा
नजरहरूले घेरिनेछ।

मेरो शरीरको बनावट देखेर अङ्ग अङ्गलाई
मस्तिष्कबाट नै बलात्कार गरिनेछ बारबार।
र म बारबार
मेरो झरिरहेको सारी मिलाउँदै
उदाङ्गो हाँसो हाँसेर भनिदिनेछु-
मेरो पवित्रता मेरो शरीरमा छैन
मेरो पवित्रता मेरो शरीरले होइन।

comments powered by Disqus

रमझम