कार्तिक २०७८ | 18/10/2021

तिम्रो प्रश्न

Share:
  
- विनोद परियार

अतीतदेखि भविष्यसम्म
अन्धकार देख्छु सधैं
क्षमता अथाह भए पनि
अवसर रित्तो सधैं ।

कसैलाई मन दिन्छु,
मेरै मुटु टुक्राउँछन्
सक्ने जति पौरख चुहाउँछु,
मेरै रगत चुस्छन् ।

देखेका सबैलाई सम्मान दिन्छु,
बेइज्जत पाउँछु किन रु
सबैलाई आफ्नै स्थान,
तर मलाई ‘अन्य’ किन रु
मलाई अस्वीकार किन रु
निरन्तर तिरस्कार किन रु

भावीले सिँगारेको,
तर सबैले कुल्चिएको फूल म १

comments powered by Disqus

रमझम