‘धर्म’ सस्ं कतृ शब्द हो। यसको अन्य भाषामा ठ्याक्कै अनुवाद गर्न सकिँदैन । किनभने, ग्रीक लगायत कुनै पनि भाषामा ‘धर्म’ शब्दको पर्यायवार्ची शब्द छैन । १९औं शताब्दीमा बंगाल (सेरामपुर)मा पादरीहरूले ‘रिलिजन’ लाई धर्मको पर्यायवाची बनाएछन् । ‘रिलिजन’ शब्द ल्याटिन भाषाको ‘रेलिगेरि’ बाट आएको हो । यसको अर्थ सम्बन्ध जोड्नु वा बाँध्नु भन्ने हुन्छ । त्यस कारण ‘रिलिजन’ को वास्तविक अनुवाद पन्थ, मजहब वा मार्ग हुन्छ ।
धर्मको बृहत् अर्थ छ । धर्मभित्र कर्तव्य, प्रचलित आचार पालना, कानून, दस्तुर, प्रथा, नैतिक गुण, भलाइ, चरित्र, न्याय, अधिकार, शालीनता, सत्सङ्ग, रीति, पवित्रता आदि कुरा पर्छन् । धर्ममा अरूलाई घ्ऋणा गर्ने वा दखल दिने कुरै हुँदैन । पुराणमा धर्म भएन भने पशु समान हुन्छ भनिएको छ । धर्म भएन भने निरङ्कुशता आउँछ । कानून र नैतिकता फरक पाटा हुन् । कानून पालनाले मात्र पुग्दैन, सँगै नैतिकवान् पनि हुन सक्नुपर्छ । त्यस कारण धर्म निरपेक्ष हुनै सक्दैन । बरु, मत निरपेक्ष हुन सक्छ । ‘रिलिजन’ निरपेक्ष हुन सक्छ । शाब्दिक रूपमा हेर्दा पनि धर्मनिरपेक्षले गलत अर्थ दिन्छ । निरको अर्थ रहित हो, निर्जीव भने जस्तै । त्यस हिसाबले धर्मनिरपेक्षको अर्थ अधर्मी हुनु हो ।
पन्थ वा मजहबलाई नै धर्म मान्नु अभिशाप बन्यो । जब समाजले कुनै प्रश्न नगरी धर्मगुरुले जे भन्यो त्यही शिरोपर गर्न थाल्यो, तब पन्थ वा मजहबलाई धर्म मान्न थालियो । मार्ग नै धर्म हो भनियो । त्यसो गर्नु शाखालाईनै रूख माने जस्तै हो । त्यो सबैभन्दा ठूलो भ्रान्ति भयो । एउटा पन्थ वा मजहब मान्नेले कहिल्यै पनि सम्पूर्ण मानवताको हित सोच्न सक्दैन । आफ्नो मजहबको मात्रै भलो सोच्छ, अरूको निन्दा गर्छ । धार्मिकले मात्रै सङ्कीर्णता छोडेर कल्याण र एकता गर्न सक्छ । धर्मले सम्पूर्ण संसारलाई एक मान्छ र विश्व बन्धुत्व सिकाउँछ ।
सनातन धर्ममा दुई पाटा हुन्छन्– श्रुति र श्रुति । श्रुति सधैंका लागि एउटै आर्थत् अपरिवतर्न परिवर्तनीय हुन्छ । श्रुति चाहिं ऐतिहासिक, स्थानीय, आवधिक र समय अनुसारको हुन्छ । जुन धर्ममा श्रुती र स्मृतिको भिन्नता हुँदैन ,त्यहाँ कट्टरपन्थ जन्मिन सक्छ । त्यस कारण शालीनतापूर्वक स्मृति परिवतर्न गर्दै जाने साहस देखाउनुपर्छ । तपाईं नास्तिक वा धर्मशास्त्री हुन सक्नुहुन्छ । हिन्दू, बौद्ध, इस्लाम, इसाई, जैन जे पनि मान्न सक्नुहुन्छ । जबकि, कतिपय धर्ममा ईश्वरनिन्दा पनि गरिन्छ ।
सर्वधर्म समभाव भनिन्छ, त्यो पनि सर्वमत समभाव हो । मत र तत्वबीचको अन्तर बुझन आवश्यक छ । मत भनेको एक जनाको विश्वासमा भनेको कुरा हो । विचार गरेको पन्थ हो । तत्व भनेको परिवर्तन नहुने र शाश्वत कुरा हो ।
शाश्वत तत्व, युग धर्म अनुशासनमा राख्न बनाइएका हुन् । समाजको आवश्यकता हेरेर एउटा मर्यादामा बाँध्न र जीवनयात्रा राम्ररी चलाउन समय समयमा धर्मको नवीकरण हुनुपर्छ । विज्ञानले ल्याएको तीव्र परिवर्तन सामना गर्दै धानको बोक्रा हटाए जस्तै धर्मबाट अनावश्यक कुरा हटाउनुपर्छ । शोध, परीक्षण, विचार, विमर्श गरेर सत्य–असत्यको निर्क्योल गर्नुपर्छ । व्यक्तिनिष्ठ र सत्यनिष्ठ छुट्याउन सक्नुपर्छ । कुनै पनि व्यक्तिको कथनलाई नै प्रमाणिक आधार मानेर सदियौंसम्म मानेर बस्न मिल्दनै । व्यक्तिनिष्ठ हुँदा कट्टरतातिर जान सक्छ । विज्ञान र राजनीतिमा धर्मको प्रवेश गराइएन भने भौतिक संस्कृति सृष्टिको विनाशको कारण बन्छ ।
धर्मनिरपेक्ष लेख्ने देश संसारमा निकै कम छन् । श्रीलंकामा संविधानको एउटा धारामा बुद्ध धर्मलाई प्राथमिकता दिने उल्लखे गरिए पनि अर्कोमा ‘धामिर्क स्वतन्त्रता’ भनिएको छ । हामीकहाँ धार्मिक स्वतन्त्रता लेखे पुग्छ । लेख्नै मन छ भने पन्थनिरपेक्ष लेखे हुन्छ । अथवा, धर्मको विषयमा मौन बस्नु राम्रो हुन्छ ।