१६-३१ भदौ २०६९ | 1-16 September 2012

समावेशी बन्दैछ तीज

Share:
  
r6

रमाइलो कुरा, पहाडे बाहुन–क्षेत्री महिलाले मनाउँदै आएको महत्वपूर्ण पर्व तीजले समावेशी स्वरुप ग्रहण गर्दै जाँदा यसका व्यावसायिक मोडल चाहिं जनजाति महिला हुन थालेका छन्। जस्तो, यो वर्ष गीतका सबभन्दा धेरै अर्थात् दुई दर्जन म्युजिक भिडियोमा नाचिन्, पार्वती राई (हे. तस्बीर)। तीज नजिकिंदै जाँदा टेलिभिजनका पर्दामा नयाँ र अघिल्ला वर्षमा खिचिएका उनका झ्ण्डै तीन दर्जन भिडियो प्रसारण भइरहेका छन्। उनी भन्छिन्, “नाच्दानाच्दै म त 'तीज सेलिब्रिटी' नै भइसकें।” 

पार्वती जस्तै सञ्जिता गुरुङ पनि 'तीज सेलिब्रिटी' बनेकी छन्। तीज गीतको सर्वाधिक म्युजिक भिडियो निर्माण गर्ने कृष्ण फिल्मस्का प्रबन्ध निर्देशक बाबुराजा केसी हिन्दू महिलाको भनिएको तीज पर्व हेर्दाहेर्दै गज्जबसँग साझ्ा संस्कृति बन्दै गएको बताउँछन्। “तपाईं टीभीमा तीजको म्युजिक भिडियोहरू हेर्नुहोस्, नेपाल साँच्चै समावेशी भएको देख्नुहुन्छ”, केसी भन्छन्। 

comments powered by Disqus

रमझम