१-१५ असोज २०६९ | 17 Sep-1 Oct 2012

ब्याङ्करको क्यामराबाट

Share:
  
p60

राजु नेपाल (४४) पेशाले ब्याङ्कर हुन्, तर सोख छ– घुम्ने र तस्बीर खिच्ने। त्यसकै सुखद् परिणाम भएको छ, १०८ मन्दिरका ५११ तस्बीर समेटिएको प्रत्येक स्थल, धार्मिक स्थल फोटो पुस्तक। हालसम्म देशका ६१ जिल्ला पुगेका राजुले एमेच्योर फोटोग्राफी थालेको पाँच र मन्दिर तथा मूर्तिका तस्बीर लिन थालेको दुई वर्ष भयो। पाँच विकास क्षेत्र र राजधानी उपत्यका गरी ६ भागको पुस्तकले तस्बीरसँगै मन्दिर परिचयमा रोचक तथ्यहरू समेटेको छ। अंग्रेजी र नेपाली दुवै भाषामा रहेका विवरणसँगै मन्दिर पुग्ने नक्सा समेत राखिएको छ। २६४ पृष्ठको हार्ड कभरसहितको रु.३ हजार ८८८ मूल्य राखिएको यो पुस्तक १२ असोजमा बजार पुग्नेछ। 

p60b

p>युवाकालमा केही समय पुरेत्याईं समेत गरेका राजुले हिन्दू मन्दिर र देवदेवीको जानकारी राम्ररी गराएका छन्। पुस्तकको माध्यमबाट नेपालका मठ–मन्दिरलाई संसारभर चिनाउन चाहेको बताउने उनी भन्छन्, “नेपालका प्रसिद्ध देवस्थल र धार्मिक आस्थाकेन्द्रहरूमा आधा नेपाली पुगेका छैनन् भने २५ प्रतिशत देवस्थलको त धेरैले नामै सुनेका छैनन्।” देवस्थलको फोटो खिच्न पूर्वको पाथीभरादेखि पश्चिमको खप्तडसम्म पुगेका राजुले सीतापाइलाको इचङ्गुनारायणका पुजारीले 'आज दिउँसो फोटो खिच्न आउँछन् भोलि राति मूर्ति हराउँछ' भनेको तीतो अनुभव सुनाए। उनले विशेष अवसरमा मात्र खुल्ने केही मन्दिरका तस्बीर खिच्न वर्ष दिन कुरेको पनि सुनाए।

अनुशील 

comments powered by Disqus

रमझम