१-१५ असार २०६९ | 15-29 June 2012

वृत्तचित्रमा स्पाइनल

Share:
  

आशा मगराती निर्देशित वृत्तचित्र 'स्पाइनल' को सार्वजनिक प्रदर्शनीको शुभारम्भ २६ जेठमा पूर्व सभासद् इन्द्रमाया गुरुङले ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा गरिन्। आइरिस एडको सहयोगमा काभ्रेको साँगास्थित स्पाइनल इञ्जुरी पुनर्स्थापना केन्द्रद्वारा निर्मित वृत्तचित्रमा विभिन्न घटना, दुर्घटनमा परेर मेरुदण्ड नचल्ने गम्भीर बिरामीहरूको अनुभव समेटिएको छ। 


मलेशियामा रहँदा दुर्घटनामा परेका ऋषि ढकाल, सशस्त्र द्वन्द्वकालमा भिडन्तमा परेका प्रहरी जवान किशोर शाही, एमाओवादीका पूर्व लडाकू सार्जन विक, शिक्षक शिव न्यौपाने लगायतका पात्रहरूको स्तब्ध बनाउने भोगाइ दर्शकका लागि प्रेरणादायी पनि छ। दीपक रौनियारले सम्पादन र ज्योतिकेशर सिंहले छायाङ्कन गरेको २० मिनेटको 'स्पाइनल'ले हाम्रा भौतिक संरचनाहरू 'ह्विल चियर' सुहाउँदो नहुँदा अपाङ्गता भएकाहरूले भोग्नु परेको पीडा पनि उजागर गरेको छ।

comments powered by Disqus

रमझम