१६-३० असोज २०६९ | 2-16 October 2012

संसोधन मण्डललाई जगदम्बाश्री अमर लाई मदन पुरस्कार

Share:
  
r8
 
 

यस वर्षको मदन पुरस्कार युवा आख्यानकार अमर न्यौपाने र जगदम्बाश्री पुरस्कार इतिहासको क्षेत्रमा कार्यरत संशोधन मण्डलले पाउने भएका छन्। मदन पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्दै आएका यी पुरस्कारमध्ये मदन पुरस्कार सेतो धरती उपन्यास र जगदम्बाश्री ६ दशकभन्दा बढी समयदेखि नेपाली इतिहास, संस्कृत, गणित, व्याकरण र साहित्यको फाँटमा प्रामाणिक अनुसन्धान गरिरहेको मण्डललाई दिने निर्णय गरेको हो। दुवै पुरस्कारको राशी २–२ लाख रुपैयाँ छ। मदन पुरस्कार कृतिका लागि र जगदम्बाश्री अनुसन्धानमा केन्द्रित कृति, व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ। मदन पुरस्कार जनरल मदनशम्शेरकी रानी जगदम्बाले २०१२ सालमा स्थापना गरेकी हुन् भने जगदम्बाश्री गुठीले रानीकै नाममा २०४५ सालमा स्थापना गरेको हो।

 

comments powered by Disqus

रमझम