१-३० कात्तिक २०६९ | 14 Oct- 15 Nov 2012

वासुदेव ढुंगाना

Share:
  

 

p15
 
(पुस १९८७ – असोज २०६९)

नेपालको न्याय क्षेत्रमा कोसेढुंगा मानिने कानून व्यवसायी ऐन, २०२५ को तर्जुमादेखि कार्यान्वयनसम्मको चरणमा वासुदेव ढुंगानाको ठूलो योगदान छ। कानूनी क्षेत्रका जानकारहरू ढुंगाना कानून मन्त्री भएको बेलामा आएको ऐनले नेपालको कानून व्यवसायलाई आधुनिकीकरण गरेको मान्छन्। राष्ट्रिय पञ्चायतको उपाध्यक्ष र नेपाल बार एशोसिएसनका अध्यक्ष समेत भएका ढुंगानाले न्यायपरिषद् सदस्यको रूपमा पनि काम गरे।  

उनी सदस्य रहेकै बेला न्याय परिषद्ले खराब आचरण भएका आधा दर्जन न्यायाधीशमाथि कारबाही प्रक्रिया अघि बढाएको थियो। नेपाल बारका अध्यक्ष प्रेमबहादुर खड्का स्वर्गीय ढुंगानालाई हक्की र निष्पक्ष कानूनविज्ञको रूपमा सम्झ्न्छन्।  
 
कानूनको गहिरो ज्ञानले ढुंगानालाई राजनीतिज्ञ र कूटनीतिज्ञ पनि बनायो। उनी अमेरिकाका लागि नेपालका राजदूत र काठमाडौं नगरपञ्चायतको प्रधानपञ्च पनि भए। २०४७ पछि गठित बेपत्ता छानबिन आयोगमा सदस्य रहेका उनी २०४८ को आमनिर्वाचनमा पर्यवेक्षकको भूमिकामा सक्रिय थिए। कानूनको स्नातक तहका 'गोल्ड मेडलिष्ट” ढुंगाना अन्तर्राष्ट्रिय विद्यार्थी युनियनको अध्यक्ष पनि भए। उनको अधिवक्ता प्रमाणपत्र नं. ४३ थियो। २६ असोजमा राजधानीमा निधन भएका ढुंगानाका श्रीमती, दुई छोरा र दुई छोरी छन्। 
comments powered by Disqus

रमझम