१-१५ मंसिर २०६९ | 17-30 November 2012

निराको एकल आधुनिक

Share:
  
r5
 
 

नवगायिका निरा राईको एकल आधुनिक गीति अल्बम उसैको बन्छु म बजारमा आएको छ। काठमाडौं एक्सिस मिडियाले ल्याएको अल्बममा झ्ुटको कुरा, भुल्न खोज्छु, तिम्रो चिनो, मेरो चोखोलगायत ६ गीत संग्रहित छन्। अल्बममा जसिहाङ राई, गोविन्दमधुर आचार्यको शब्द/संगीत तथा ओम सुनार, शंकर अधिकारी र टीका चाम्लिङका शब्दमा उत्तम थापा र शान्तिराम राईको संगीत छ। 

  
r6
 
 

विमलको फष्ट मुभ 

गायक विमल गौतमले पहिलो एकल अल्बम फष्ट मुभ सार्वजनिक गरेका छन्। यसअघि विभिन्न कलेक्सनमा स्वर दिंदै आएका गौतमले डी.आर. को रचना र डेनी निरौलाको संगीतमा यो अल्बम निकालेका हुन्। अल्बममा घरबेटी बा, धेरै प्रयास, भित्री रूप, गर्न सकिनँ, प्रिय तिम्रो गरी पाँच गीत छन्। 
 
r7
 
 

सन्देशमूलक अल्बम 

राजनीतिकर्मी भूपाल किराँतीले म धर्ती नामक अल्बम निकालेका छन्। अल्बममा म धर्ती, गुरु तिमी, हे युवा, आमा हुनलाई, तिमी पानी, हे देव, रीस राग र बधाई छ तिमीलाई गरी ८ गीत छन्। मायाप्रेम भन्दा पृथक् धारका गीतहरूले आमा, प्रकृति, गुरु आदिको महिमा गाएका छन्। अल्बममा जसिहाङ राईको एकल संगीत छ। 

 

comments powered by Disqus

रमझम