१६-३० मंसिर २०६९ | 1-15 December 2012

'चुजी' लिना

Share:
  
- अनुशील
p57
 
तस्बीरः बिक्रम राई

सुन्दरी प्रतियोगितामा भाग लिंदा अधिकांश प्रतियोगीले 'समाजसेवा गर्छु' भन्ने बाचा गर्छन् तर बिर्सन्छन्। मोडल लिना पौडेलले चाहिं बोले अनुसारकै काम गरिरहेकी छन्। उनी मस्तिष्क पक्षघात भएका बालबालिकाको रिहाबिलिटेशन फेशिलेटरका रूपमा सक्रिय भएको तीन वर्ष भयो।  

मस्तिष्क पक्षघात स्वावलम्बन समूहले भक्तपुरको गट्ठाघरमा सञ्चालन गरेको रिहाबिलिटेशन सेन्टरका बालबालिकाको सेवाका लागि लिनाले नौ महिने मेन्टल र अर्थोपेडिक हेल्थ तालिम नै लिइन्। चार वर्षदेखि मोडलिङमा लागेकी लिना भन्छिन्, “मन्दिरमा फूल चढाएर भन्दा यस्तो सेवामा लाग्दा बढी पुण्य कमाइन्छ जस्तो लाग्छ।”  
 
इमेज टेलिभिजनले आयोजना गरेको 'मेघा मोडल २००८' मा सेकेण्ड रनरअप लिना अहिले सनसिल्कका प्रडक्ट, युटीएल फोन तथा टीभी विज्ञापनका साथै म्युजिक भिडियोमा देखिंदै आएकी छन्। भन्छिन्, “म एकदमै चुजी छु, मन परे गर्छु नत्र समाजसेवा छँदैछ।” 
comments powered by Disqus

रमझम