१६-३० मंसिर २०६९ | 1-15 December 2012

संकटमा भगवान

Share:
  
p59b
 

हरेक दशैंको अवसरमा घटस्थापनादेखि दशमीका दिनसम्म तनहुँको बन्दीपुरस्थित खड्गदेवी मन्दिरमा कथित पानी चल्ने/नचल्ने समुदायहरू आपसमा मिलेर पूजापाठ गर्ने गर्छन्। मन्दिरको एउटै चुलोमा खाना खाने, पूजापाठ गर्ने जातीय सद्भावको यो उदाहरणलाई रेणु क्षेत्रीले वृत्तचित्रमा समेटेकी छिन्। सिद्धार्थ शाक्यको छायांकन रहेको संकटमा भगवान नामक आधा घण्टा लामो यो डकुमेन्ट्रीमा पूजापाठका लागि रहेको गुठी जग्ग्ाा मासिएको र यही कारण स्रोत साधन जुटाउन हम्मे पर्दा सद्भावयुक्त यो पूजापाठ संकटमा परेको कुरा समेत समेटिएको छ। 

comments powered by Disqus

रमझम