१६-३० मंसिर २०६९ | 1-15 December 2012

बेपत्ताको सन्देश

Share:
  
p60
 

सशस्त्र द्वन्द्वका बेला आफन्त गुमाएका परिवारको पीडालाई समेटिएको डकुमेन्ट्री  अन्तिम सन्देश निर्माण गरिएको छ। राजधानीमा हालै सम्पन्न मानवअधिकार फिल्म महोत्सवमा यो डकुमेन्ट्री हेरेर दर्शक भावुक मात्र बनेनन् यसले निकै चर्चा पनि पायो। संचारकर्मी गणेश पाण्डेले निर्देशन गरेको अन्तिम सन्देश ले बेपत्ता बनाइएका आफन्तहरूले भोगेको आर्थिक, मानसिक र कानूनी पीडालाई उतार्ने प्रयास गरेको छ।  एड्भोकेसी फोरमले निर्माण गरेको यस डकुमेन्ट्रीमा बाँके, बर्दिया, सुर्खेतलगायतका जिल्लामा विद्रोही र तत्कालीन सरकारले बेपत्ता बनाएका परिवारका प्रतिनिधिमूलक घटनालाई समेटिएको छ। जसमा बेपत्ता परिवारले 'कि सास कि लास देऊ' भन्दै गरेको संघर्षलाई पनि डकुमेन्ट्रीमा उतार्न खोजिएको छ। 

 

 

comments powered by Disqus

रमझम