१-१५ पुस २०६९ | 16-30 December 2012

माग्ने र तक्मे जोडी

Share:
  
p59b
 
 

सीताराम कट्टेल (धुर्मुस) सँगको ८ वर्ष लामो जोडी टुटेको एक वर्षपछि एक्लो बनेका हास्यकलाकार केदार घिमिरे (माग्ने बूढो) र विक्रम विल्सन राई (तक्मे बूढो) जोडी बाँधिएका छन्।   

उनीहरू १४ मंसीरमा पहिलोपटक प्युठानको धरमपानीमा भएको सांस्कृतिक कार्यक्रममा पहिलोपटक एकसाथ स्टेजमा देखिएका थिए। केदारले हिमाल सँग भने “अब हाम्रो सहयात्रा नेपाली हास्य क्षेत्रमा निरन्तर रहिरहनेछ।”  
 
यता तक्मे भने देश चलाउने नेताहरू किराँत राज्य, नेवा राज्य भन्दै जातीय सद्भावमा खलल पुर्‍याउने काममा लागेको बेला आफ्नो सहयात्रा उदाहरणीय हुने बताउँछन्। उनले भने “राई र बाहुनको छोरो जोडी बनेर काम गर्न थालेका छौं, यो पनि यी नेताका लागि गतिलो झापट नै होला।” 
comments powered by Disqus

रमझम