१६-२९-पुस-२०६९ | 31-Dec-2012-13-Jan-2013

'अंग्रेजी अल्बम ल्याउँदैछु'

Share:
  
p61
 
 

२२ वर्षदेखि पप गायनमा सक्रिय पपगायक धीरज राई दुईमहिने युरोप यात्राबाट यसै साता फर्किए। नेपाली बसेका २७ मुुलुकमा प्रस्तुत भइसकेका राईले यो पटक पनि युरोपमा १२ वटा एकल कन्सर्ट गरे।  

 
अल्बम बिक्री शून्य भए पनि देश–विदेशका कन्सर्टबाट राम्रो कमाइ भइरहेको छ हो? 
अहिले स्वदेशमा हुने विभिन्न महोत्सव अनि विदेशमा रहेका नेपालीले गर्ने कार्यक्रम राम्रा कलाकारलाई धेरै फापेको छ। म आफैं पनि वर्षमा एक दर्जन मुलुक पुगिरहेको छु।
 
यो पटक युरोपमा कस्तो कमाइ भयो? 
युरोपका डेनमार्क, बेल्जियम, फ्रान्स, जर्मनी, स्वीट्जरल्याण्ड लगायतका १२ मुलुकमा एकल कन्सर्ट गरेर रु.३० लाख ल्याएँ। कार्यक्रमहरू पनि धेरै राम्रा थिए। 
 
धेरै पप गायक पलायन भइसके, तपाईं चाहिं केको बलले टिकिरहनुभएको छ? 
म सोख पूरा गर्नलाई मात्र यो क्षेत्रमा आएको हैन। जस्तोसुकै अवस्थामा पनि यो क्षेत्र छाडिनँ, समयअनुसार अपडेट भएँ, टिकें।  
 
अहिले पप गायनको क्रेज खस्केको हो? 
बाहिर भनिए जस्तो धेरै खस्किएको छैन। कार्यक्रमहरूमा पपले नै महत्व पाउँछ।  
 
केही न केही गरेर चर्चामा आइरहनुहुन्छ, के नयाँ काम गर्दै हुनुहुन्छ? 
हाम्रो गीत–संगीत अन्तर्राष्ट्रियजगतमा पनि पुगोस् भन्ने ध्येयले डेस्टिनेसन मार्स प्रोजेक्ट ए नामक अंग्रेजी अल्बम ल्याउँदैछु। 
comments powered by Disqus

रमझम