कलाकार शिवानी राणा तिमिल्सिना अहिले अ न्यारेसन शीर्षकको पाँचौं एकल प्रदर्शनी गरेको आनन्दमा छिन्। राजधानीको नक्सालस्थित इमागोडे ग्यालरीमा २९ मंसीरदेखि ५ पुससम्म चलेको प्रदर्शनीमा भगवान भक्ति, सम्पदा र मानवीय अभिरुचिका २९ चित्र थिए। प्रदर्शनीमा फरक–फरक एक्प्रेसनका गणेशका १३ र कृष्णका ६ वटा पेन्टिङले विशेष चर्चा पाए। एक दशकअघि कुची समाएकी शिवानी भन्छिन्, “क्यानभासमा भक्ति मेरो रुचिको विषय हो।”