१-१५ साउन २०६९ | 16-30 July 2012

सिटी एस नेपालमा

Share:
  


कोरियाली मोटरसाइकल डेलिमको नेपालस्थित अधिकृत बिक्रेता ग्लोबल मोटर्स प्रालिले ११० सिसीको सिटी एस स्कुटर नेपाल भित्र्याएको छ। छरितो तथा व्यावहारिक डिजाइनमा ४ लिटर इन्धन क्षमताका सिटी एस स्कुटरले उपत्यकामा प्रतिलिटर ५० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। एक वर्ष वा १५ हजार किलोमिटरको वारेन्टी रहेको स्कुटरमा १५ पटकसम्म निःशुल्क सर्भिसिङ सुविधा दिने जनाइएको छ। स्कुटरको नेपाली बजारमा प्रबर्द्धनका
लागि मिस नेपाल– २०१० सदीक्षा श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गरिएको छ।

रेडबुल क्यासफुल
इनर्जी ड्रिङ्स रेडबुल ले नेपाली उपभोक्ता माझ् क्यासफुल उपहार योजना ल्याएको छ। जसअनुसार रेडबुल उपभोक्ताले रु.५ हजार, रु.१० हजार, रु.२० हजार र रु.१ लाख
नगद पुरस्कार जित्न सक्ने जनाइएको छ। रेडबुल क्यान माथिको 'सिल्भर पुल अफ रिङ' मुनि उपहार राशी अंकित गरिएको नेपालमा रेडबुल आयात तथा बजारीकरण गर्ने गोर्खा ब्रुअरीले जनाएको छ।

होण्डा को नयाँ स्कुटर
होण्डा मोटरसाइकलको अधिकृत बिक्रेता स्याकार कम्पनीले नयाँ डियो ११० सिसी स्कुटर बिक्री शुरू गरेको छ। कम्पनीले आयोजना गरेको 'म र मेरो डियो' नामको फेसबुक प्रतियोगिता समापनको अवसर पारेर नयाँ स्कुटर बिक्री शुरू गरेको हो। प्रतियोगितामा पुरुषतर्फ विजय समा र महिलातर्फ ज्योतिसिंह भण्डारीले नगद रु.१/१ लाख जितेका छन्। डियो ११० सिसी स्कुटरमा संयुक्त ब्रेकिङ प्रणाली, ट्युबरहित टायर, सिटमुनि प्रशस्त सामान राख्न मिल्ने ट्याङ्की, थि्रडी संकेतसहितको प्रिमियम बनोट तथा सजिलै भुईं छुन सकिने लगायत सुविधा रहेको कम्पनीले जनाएको छ। स्कुटरको बजार मूल्य रु.१ लाख ५५ हजार ९०० तोकिएको छ।

प्रेष्टिज स्कुटी फ्लोर मेट
प्रेष्टिज लुप मेट्स प्रालिले पे्रष्टिज स्कुटी फ्लोर मेट बिक्री शुरू गरेको छ। नेपाली बजारमा स्कुटरको बढ्दो खपतलाई ध्यानमा राखी स्कुटी फ्लोर मेट उत्पादन गरी बजारमा ल्याएको हो। यो मेटले स्कुटरलाई फोहोर तथा धूलोबाट बचाउने कम्पनीले जनाएको छ।

कलर्सको स्मार्टफोन
कलर्स मोबाइलले एन्ड्रोइडमा आधारित पहिलो बजेट स्मार्टफोन एक्स–फ्याक्टर नेपाली बजारमा ल्याएको छ। १ गिगाहर्जको प्रोसेसरसहित रु.८ हजार ९९९ पर्ने दुई वटा सिमकार्ड राख्न सकिने फोनमा ३.२ इन्चको मल्टि टच स्त्रि्कन, २ मेगापिक्सेलको क्यामेरा लगायत सुविधा छ। १२८० एमएएचको ब्याट्रीले ५ घन्टासम्म कुरा गर्न र १८२ घण्टा वैकल्पिक अवस्थामा रहन सघाउने कम्पनीले जनाएको छ।



अग्निले ल्यायो रेभा

विद्युतीय गाडी उत्पादनमा अग्रणी भारतको महिन्द्रा रेभा इलेक्ट्रिक भेइकल्स कम्पनीको आधिकारिक बिक्रेताको रूपमा अग्नि इन्कर्पोरेट अन्तर्गतको अग्नि इन्जिनियरिङ प्रालिले महिन्द्रा रेभा कार नेपालमा बिक्री शुरू गरेको छ। पर्यावरणीय दृष्टिले उपयुक्त रेभा कार विद्युत्बाट चल्ने भएकाले ग्राहकलाई प्रतिकिलोमिटर लागत बढीमा रु.१ पर्न आउँछ।

अग्निले रेभा को बिक्री सुरुआत समारोहमा महिन्द्रा रेभा कम्पनीका निर्यात महाप्रबन्धक पी दीपले जलवायु परिवर्तन र हरितगृह प्रभावको चपेटामा विश्व नै परेको अवस्थामा नेपाल जस्ता हिमाली मुलुकमा विद्युतीय सवारी साधनप्रति चासो बढ्नु खुशीको कुरा रहेको बताए।

सन् १९९४ मा ब्याङ्गलोरको माइनी ग्रुप र अमेरिकी एईबी एलएलसीको लगानीमा रेभा इलेक्ट्रिक भेइकल स्थापना भएको थियो। सन् २०१० मा महिन्द्रा ग्रुपले अधिकतम शेयर खरीद गरेको ब्याङ्गलोरस्थित रेभा को कारखानामा ३०० जना कार्यरत छन्। कम्पनीले बेलायत र अमेरिकामा समेत रेभा कार सार्वजनिक गरिसकेको छ। अग्निका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ भीडभाड र धुँवाधूलो पीडित शहरी पुस्तालाई विद्युतीय कार वरदानसरह भएको बताउँछन्। दुई जना सजिलै अटाउन सक्ने रेभा कारको मूल्य रु.१४ लाख ९५ हजार पर्ने जनाइएको छ। 



नबिल ब्याङ्कले स्थापनाको २८औं वर्ष पूरा गरेको छ। नेपालमा निजी क्षेत्रको पहिलो ब्याङ्कको रूपमा २९ असार २०४१ मा स्थापित ब्याङ्कसँग हाल रु.५६ अर्ब निक्षेप, रु.४२ अर्ब कर्जा र रु.६६ अर्ब कुल सम्पत्ति छ। ४८ शाखा भएको ब्याङ्कले ७७ एटिएम मेसिनबाट ग्राहकलाई सेवा दिदै आएको छ। जेठ मसान्तसम्मको विवरण अनुसार ब्याङ्कको खुद मुनाफा रु.१ अर्ब ५१ करोड तथा कुल पूँजीकोष रु.६ अर्ब ७१ करोड रहेको छ।

एभरेष्ट ब्याङ्कले रौतहटको चन्द्रनिगाहपुरमा ४६औं शाखा तथा ५८औं एटीएम मेसिन स्थापना गरेको छ। भारतको पञ्जाव नेशनल ब्याङ्कसँगको सहकार्यमा स्थापित ब्याङ्कले शाखा र एटीएमका अलावा २ एक्सटेन्सन काउन्टर र २० राजस्व संकलन काउन्टरबाट पनि सेवा दिइरहेको छ।

ब्याङ्क अफ काठमाण्डूले महाराजगञ्ज र बत्तीसपुतलीमा ४४ र ४५औं शाखा स्थापना गरेको छ। ब्याङ्कले कर्णालीको जुम्लासहित १३ अञ्चलका २७ जिल्लामा ५४ एटीएम र ७ काउन्टरबाट सेवा दिइरहेको छ।

एनएमबी ब्याङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरका शाखामा किताब दान (बूक डोनेसन) कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रमबाट जम्मा भएका पुस्तकहरू उपत्यका बाहिरका सरकारी विद्यालयका पुस्तकालयलाई प्रदान गर्ने ब्याङ्कले जनाएको छ।



'सरकारले प्रोत्साहन गर्नुपर्छ'

क्याविनेट श्रेष्ठ
प्रबन्ध निर्देशक, अग्नि इन्कर्पोरेट प्रालि

लामो दूरीलाई नहुने विद्युतीय कार किन ल्याउनुभयो?
नेपालमा कार चढ्ने अधिकांश मानिस शहरी क्षेत्रमा बस्छन्। उनीहरूको निजी सवारी साधनको मुख्य प्रयोजन कार्यालय आवतजावत नै हो। तर, सवारी साधन खरीद गरेपछि उनीहरूको यात्रा महङ्गो बन्दै गएको छ। इन्धनबाट चल्ने कारले शहरको भीडभाडमा प्रति लिटर १० किलोमिटर भन्दा बढी माइलेज दिन कठिन छ। तर, रेभा को लागत बढीमा प्रतिकिलोमिटर रु.१ मात्र पर्छ। त्यति मात्र होइन भनेको बेला डिजेल/पेट्रोल नपाइने, घण्टौं लाइन बस्नुपर्ने जस्ता झ्न्झ्टबाट शहरी उपभोक्ता आजित छन्। रेभा लाई विस्तारै अन्य शहरहरूमा पुर्‍याउँछौं।


मूल्य धेरै महङ्गो भएन?
रेभा को ब्याट्री फुल चार्ज गर्दा ९ युनिट विद्युत् खपत हुन्छ। त्यसबाट ८० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। प्रतियुनिट विद्युत् महसुल रु.१० जोड्दा पनि फुल चार्ज गर्न रु.९० खर्च हुनेभयो। शहरी कामकाजी व्यक्तिले एक दिनमा ८० किलोमिटर भन्दा धेरै हिंड्नु खासै पर्दैन। त्यति बाटो रेभा चढ्नेले रु.९० मा पूरा गर्छ भने इन्धनबाट चल्ने कार चढ्नेले रु.१ हजारभन्दा बढी खर्च गर्छ। यही अनुपातमा एक महीनाको खर्च निकाल्दा रेभा चढ्नेको रु.२ हजार ७०० हुन्छ भने अरू कार चढ्नेको रु.३० हजारभन्दा धेरै पर्छ। यही अनुपातले त एक वर्षमा रेभाबाट रु.३ लाख बचाउन सकिन्छ। अनि यसलाई कसरी महङ्गो भन्ने? त्यसैले शहरी यातायातको रूपमा रेभा सबैभन्दा उपयुक्त निजी सवारी साधन हो।

रेभा लाई लगाइएको करप्रति सन्तुष्ट हुनुहुन्छ?
विद्युतीय सवारी साधनको ४० प्रतिशत भन्सार महसुल लिइँदै आएको छ। यो अरू इन्धनबाट चल्ने सवारी साधनको तुलनामा ५० प्रतिशत सस्तो हो। भन्सार बाहेक १३ प्रतिशत भ्याट लाग्छ। जलविद्युत्को प्रचुर संभावना भएकाले पेट्रोल, डिजेल जस्ता आयातीत इन्धनको तुलनामा विद्युतीय कारको प्रबर्द्धन गर्दा ठूलो मात्रामा पैसा विदेशिने क्रम रोकिनेछ। त्यसैले यस्ता सवारी साधनलाई सरकारले अझ्ै प्रोत्साहन गर्छ जस्तो मलाई लाग्छ। जसबाट जलस्रोतको उपयोग बढ्ने मात्र नभई पर्यावरणीय जोखिम समेत कम हुनेछ।

रेभा का अरू विशेषता के छन्?
धूलो धुँवा मात्र होइन, आवाज समेत ननिकाल्ने भएकाले वातावरणीय प्रदूषणबाट मुक्त हुन्छ। यस बाहेक तीन घन्टामा ८० प्रतिशतभन्दा बढी ब्याट्री चार्ज हुन्छ। प्रतिघण्टा ८० किलोमिटरसम्मको गतिमा गुड्न सक्ने कार ७ सेकेन्डभित्र शून्य किलोमिटरबाट ४० किलोमिटर प्रतिघण्टाको दूरीमा पुर्‍याउन सकिन्छ। त्यसैले रेभा पूर्णतया आरामदायी र सुरक्षित छ।

comments powered by Disqus

रमझम