मानव संसाधनको महत्व बुझउन क्रियाशील संस्था ‘ग्रोथ सेलर’ले हरेक वर्ष विदेशी विज्ञ झ्किाएर नेपालमा मानव संसाधन सम्मेलन (एचआर मिट) आयोजना गरिरहेको छ । संस्थाका अध्यक्ष तथा प्रबन्ध निर्देशक मोहन ओझा भन्छन्, “यसबाट जनशक्तिको राम्रो व्यवस्थापनले मात्र उन्नति ल्याउँछ भन्ने सचेतना बढेको छ ।”
‘एचआर मिट’हरूको प्रतिफल के छ ?
छैटौं ‘एचआर मिट’ मा आइपुग्दा नेपाली संस्थाहरूमा मानव संसाधनको महत्व बढेको छ । सन् २००८ मा यहाँ ३० वटा जति कम्पनीमा मानव संसाधन विभाग थिए, अहिले ३०० बढी कम्पनीले विभाग खोलेका छन् । संस्थाको उन्नति पूर्वाधारले होइन, जनशक्तिका कारण हुन्छ भन्ने ज्ञान बढेको छ ।
मानव संसाधनको महत्व के हो त ?
प्रभावकारी कार्यसम्पादन र प्रतिफलका लागि मानव संसाधनको महत्व छ । नेपालमा ट्रेड युनियनका नेताहरूलाई मानव संसाधनको महत्व बुझउन नसकिएकै कारण उद्योगहरूमा चरम राजनीतिकरण भएको हो । नीति निर्माताहरूले यसको महत्व नबुझदा बौद्धिक र शारीरिक श्रम गर्ने नेपालीहरू विदेश पलायन भएका छन् ।
मानव संसाधन विभाग गठन गरिएको संस्थामा स्वतन्त्रतापूर्वक काम गर्न दिइएको होला ?
स्वतन्त्र रूपमा काम गर्न नदिएका संस्थाको प्रतिफलमा असर देखिएको छ ।
सरकारी क्षेत्रमा मानव संसाधन व्यवस्थापनको अभ्यास कस्तो छ ?
सरकारी क्षेत्रमा त यसको अभ्यासै शुरू भएको छैन । मानव संसाधन मन्त्रालय गठन गर्ने कुरा पनि सेलाएको छ । त्यसैले हो, सरकारी क्षेत्रप्रति सेवाग्राहीको गुनासो धेरै भएको । सरकारी संस्था र निजी प्रतिष्ठानहरूको प्रतिफलको तुलना गरेर हेर्दा पनि यो कुरा छर्लङ्ग हुन्छ ।
नेपालमा व्यक्तिको रुचि हेरेर काम दिने अभ्यास छ ?
कोसँग के क्षमता छ र उसलाई के काम दिने भन्ने निर्धारण नगरिंदासम्म संस्थाले उन्नति गर्न सक्दैन । नेपालमा एकातिर ठूलो संख्यामा युवा बेरोजगार छन् भने अर्कातिर संस्थाहरूले खोजेको जस्तो जनशक्ति भेटेका छैनन् । धेरैजसो संस्थाले जनशक्तिलाई सम्पत्ति नठानी कामलाई मात्र महत्व दिएका छन् । तालिम र सेवा सुविधालाई महत्व दिइएको छैन । बेलुका तरकारी कसरी किन्ने भनेर चिन्तित जनशक्तिले कसरी राम्रो प्रतिफल दिन सक्छ ?