१६-२९ माघ २०६९ | 16-29-Magh-2069

नोयोजमा किराती स्वाद

Share:
  
p60a
 
स्मोक पर्क, पर्क करी र रोटी।
तस्वीरः डम्बरकृष्ण श्रेष्ठ

ताप्लेजुङबाट ल्याइएको एक किसिमको जङ्गली झ्याउ र धराने कालो बंगुरको मासुको सम्मिश्रणबाट बन्ने ‘सार्गेम्बा’को स्वाद चाख्नु भएको छ ? छैन भने भाटभटेनीस्थित चिनियाँ दूतावास अगाडिको नोयोज रेष्टुरेण्टमा जानुस्, एक प्लेटको जम्मा रु.१५० पर्ने यो ‘टिपिकल’ किरात परिकारले तपाईंको पारखी जिब्रोलाई बिल्कुलै नौलो स्वाद दिनेछ । आगोमा पोलेको मासुको असली स्वादका लागि धरानमै पोलेर ल्याइएको ‘स्मोक पर्क’ सेकुवा पनि नोयोजको विशेष परिकार हो, जसको स्वाद अर्को रु.१५० मा लिन सकिन्छ । पारखीहरूले बंगुरको अर्को परिकार ‘पर्क करी’ पनि निकै रुचाएको रेष्टुरेण्टकी प्रोप्राइटर वर्षा लिम्बु बताउँछिन् । अर्डर अनुसार शाकाहारी परिकार समेत पाइने नोयोजमा धराने स्टाइलको मम र आलुदम–रोटी पनि निकै चलेको छ ।

 
अनुशील
comments powered by Disqus

रमझम