१३ फागुन २०६९ | 24 February 2013

२०८० को नेपाल

Share:
  
राजनीति बाधक भएन भने दश वर्षमा मुलुकले कायापलट गर्न सक्ने सरकारी योजनाले नै बताउँछ।

जलविद्युत्

निर्माणको क्रममा माथिल्लो तामाकोशी (१), माथिल्लो साञ्जेन (२), साञ्जेन (३), रसुवागढी (४), मध्यभोटेकोशी (५), माथिल्लो त्रिशूली ३–ए (६), माथिल्लो त्रिशूली ३–बी (७), मर्स्याङ्दी दोस्रो (८), बुढी गण्डकी (९), माथिल्लो सेती (१०), उत्तरगंगा (११), राहुघाट (१२), नलसिंगाढ (१३), माथिल्लो कर्णाली (१४), पश्चिम सेती (१५), चमेलिया (१६), कुलेखानी तेस्रो (१७) र अरुण तेस्रो (१८)

दश वर्षभित्र उत्पादन हुने जलविद्युत्

७ देखि १० हजार मेगावाट

दूरसञ्चार

डाटा अर्थात् इन्टरनेट सेवा विस्तार हुनेछ। 'ब्याण्डवीथ' पनि बढ्नेछ।

मल्टिनेशनल कम्पनीहरुको 'ब्याकअप सर्भर' स्टेशन नेपाल हुन सक्नेछ।

सफ्टवेयर आउटसोर्सिङको काम ज्यादा हुनेछ।

इन्टरनेट प्रयोगकर्ता ६०% भन्दा बढी हुनेछ

विमानस्थल

निजगढलाई दक्षिण एशियाकै ट्रान्जिट प्वाइन्टको रुपमा विस्तार गर्ने, काठमाडौं, भैरहवा र पोखरासहित

वटा अन्तर्राष्ट्रिय विमानस्थल

सडक विस्तार

भैरहवा– बुटवल, विराटनगर–इटहरी, वीरगन्ज–पथलैया, नेपालगन्ज– कोहलपुर र नारायणघाट–मुग्लिङको सडक ६ लेनको हुनेछ।

मेची करिडोर(१), कोशी करिडोर (२), जनकपुर करिडोर (३) रसुवागढी–गल्छी (४), गण्डकी करिडोर (५), महाकाली करिडोर (६) सहित छवटा सडक भारत र चीनबीचको व्यापारका लागि ट्रान्जिट मार्गका रुपमा जोडिनेछ।

काठमाडौंलाई तराईसँग जोडने दुई वटा फास्ट ट्रयाक निर्माण हुनेछ।

नागढुंगा–धार्के, शिवपुरी–नुवाकोट, नागार्जुन–बालाजु, सीतापाइला–भीमढुंगा टनेल मार्ग निर्माण सम्पन्न हुनेछ।

बाहिरी चक्रपथ आयोजना सञ्चालनमा आउनेछ। भित्री चक्रपथ आठ लेनको हुनेछ।

तराईमा हुलाकी राजमार्ग। १५०० किमी पहाडमा मध्यपहाडी लोकमार्ग।
१७६५ किमी

खानेपानी

पाँच वर्षमा मेलम्ची खानेपानी आयोजना सञ्चालनमा आउनेछ।

उद्योग

ठूला आयोजना सम्पन्न भएर हुने विद्युत् आपूर्तिले आल्मुनियम कारखाना, रासायनिक मल कारखाना निर्माणको ढोका खुल्नेछ।

रेल्वे

जनकपुर–जयनगर–जलेश्वर रेलसेवा बर्दिवाससम्म विस्तार हुनेछ।

भारतसँगका मुख्य नाकाहरु काकडभिट्टा, विराटनगर, भैरहवा, नेपालगञ्जमा रेल मार्ग जोडिनेछ।

सम्भाव्यता अध्ययन पूरा भइसकेको पूर्व पश्चिम ९४५ किमी रेलमार्ग निर्माण अघि बढ्नेछ।

काठमाडौं–पोखरा १८७ किमी विद्युतीय रेलमार्गको निर्माण शुरु हुनेछ।

चीनको सिगात्से हुँदै केरुङ जोडिन लागेको रेलमार्गलाई भारतस147ग जोड्ने संभावना छ।

काठमाडौं भित्र मेट्रो रेल ७५ किमी

कम्तीमा मेट्रो रेल सञ्चालनमा आउने २० किमी

शिक्षा

धेरै सरकारी स्कूल आपसमा गाभिने, राम्रा निजी स्कूलको काठमाडौं बाहिर शाखा खुल्ने।

विद्यालय भर्ना १००५ अंग्रेजी भाषामा साक्षरता ७५५

comments powered by Disqus

रमझम