१३ फागुन २०६९ | 24 February 2013

संगीतबाट सीमा सद्भाव

Share:
  

नेपाली कलाकारहरुले अघिल्लो साता नेपालगञ्जमा सीमा सद्भावको सन्देश दिए। यहाँ आयोजित नेपाल-भारत खेलकुद तथा सांगीतिक कन्सर्टमा आएकी नायिका करिश्मा मानन्धरले पहिलो दिन नै भनेर गइन्, भाइचारा र विश्वबन्धुत्व हाम्रो संस्कार हो, मिलेर बसेका छिमेकीबीच केही समस्या आए आपसी छलफल गरेर सल्ट्याउनुपर्छ।

अन्तिम दिन आएका नायक राजेश हमालले पनि त्यस्तै सन्देश दोहोर्‍याउँदै नेपाल-भारतबीच 'रोटी-बेटीको' सम्बन्ध रहेको स्मरण गरे। कन्सर्टकी सद्भावना दूत गायिका कोमल ओलीले उद्घोषण मात्र गरिनन्, गाएर पनि सहभागीहरुलाई मुग्ध पारिन्। देउडा गायक यज्ञराज उपाध्याय, शिव परियार, नलिना चित्रकारले आफ्ना चर्चित गीत गाए। कन्सर्टका संयुक्त आयोजक संस्था क्रियटिभ ह्यान्डस् र अन्तराल थिए।

तुफान न्यौपाने, नेपालगञ्ज

comments powered by Disqus

रमझम