१३ फागुन २०६९ | 24 February 2013

हुर्रे... !

Share:
  

सुनसरीको धरानमा २८ माघदेखि ३ फागुनसम्म भएको अन्तर्राष्टि्रय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ, काठमाडौंको न्यू डायमण्ड एकेडेमीलाई ३-१ सेटले पराजित गर्दै। पुलिसले उपाधिसँगै नगद रु.१ लाख १०१ सहित ट्रफी हात पारेको छ। पुलिसकी चुडा खड्का उत्कृष्ट 'स्पाइकर' र कोपिला उप्रेती उत्कृष्ट 'ब्लकर' ठहरिए। उपविजेता डायमन्डकी कृपा अधिकारी राम्रो बल उठाउने, सलिना श्रेष्ठ उत्कृष्ट 'डिफेन्स' र रमिला तण्डुकार सर्वोत्कृष्ट 'स्पाइकर' घोषित भए। अनुशासित टीमको पगरी पनि न्यू डायमण्डले नै गुत्यो।

सीता मादेम्बा, धरान

comments powered by Disqus

रमझम