१३ फागुन २०६९ | 24 February 2013

परीक्षामा दीपा

Share:
  

रंगकर्मी, टेलिभिजनकर्मी र त्यसपछि नेपाल वातावरण पत्रकार समूहको भिज्युअल एडिटर बनेकी बुटवल देवदहकी दीपा बस्नेत अब चलचित्र निर्देशक भएकी छन्। उनले अहिले उच्च शिक्षाका लागि राजधानी आउने युवाको संघर्षको कथा बुनिएको चलचित्र अन्तराल को निर्देशन गरेकी छन्। 'म रहरले भन्दा पनि दर्शकको चाहना बुझेर चलचित्र बनाउने निर्देशकमा पर्छु', यसअघि आधा दर्जन वृत्तचित्र निर्देशन गरेकी दीपा भन्छिन्। फिल्म निर्देशनमा स्नातक यी नवनिर्देशकलाई दर्शकले कस्तो 'रेस्पोन्स' गर्छन् भन्ने चाहिं अन्तराल को प्रदर्शन पछि मात्र थाहा हुनेछ।

comments powered by Disqus

रमझम