२० फागुन २०६९ | 3 March 2013

'समर लभ'की साया

Share:
  
- अनुशील

तस्वीरः किशोर कायस्थ
प्रेम कथामा आधारित उपन्यास समर लभ को कभर गर्ल प्रिन्सा श्रेष्ठ (२०) लाई धेरैले 'साया' भन्न थालेका छन्। किनभने, पाठकलाई प्रिन्साको क्याडवरी ओठ र आकर्षक शरीर उपन्यासकी पात्र सायाको जस्तै लागेको छ। धेरैले फोन गरेर उपन्यासकी साया तिमी नै हो भनेको प्रिन्सा बताउँछिन्। प्रेम र सेक्सप्रति सायाको दृष्टिकोण उदार छ। प्रिन्साको नि? उनको उत्तर छ, “उपन्यास वियोगान्त पनि छ, तर मेरो जीवन त ह्याप्पी चलिरहेछ!”

फाइन प्रिण्टले बजारमा ल्याएको उपन्यास सुविन भट्टराईले लेखेका र आवरण 'फोटो शूट' किशोर कायस्थले गरेका हुन्। काठमाडौं बालाजुकी यी मिस टीन कलेज २००८ विजेता मोडलिङमा सक्रिय हुन थालेको पाँच महीना मात्रै हुँदैछ। यसबीचमा एक दर्जन र्‍याम्प मोडलिङ र केही पेपर एड गरेकी उनलाई म्युजिक भिडियो, फिल्म अभिनयमा भने रुचि छैन। उनी भन्छिन्, “टीनएज पार गरेपछि मोडलिङमा आएँ, यही क्षेत्रमा अझ राम्रो गर्छु।”

comments powered by Disqus

रमझम