२० फागुन २०६९ | 3 March 2013

नाम जस्तै परिकार

Share:
  

चिकन बकेट
ललितपुरको कुमारीपाटीको महक रेष्टुरेण्ट कण्टिनेण्टल र चाइनिजसँगै किराँती परिकारका लागि चर्चित हुँदैछ। चिउरा र अदुवा–लसुनको पेष्ट हालेर फ्राई गरिएको क्रञ्ची चिकन बकेट होस् या गाँजरको पेष्ट र रेड वाइनमा मुछिएको ओपन मम, खानाका पारखीका लागि विशेष स्वादका छन्। महकको मेनुमा भेज र ननभेज अरेवियन सोर्मा रोल पनि थपिएको छ।

महकमा हरेक शुक्रबार लोकल कुखुरा, कालो बंगुर, किनीमा, कालो दाल र गुन्द्रुकबाट बनेका किराँती परिकार पाइने यसका संचालक देउराली चाम्लिङ बताउँछिन्। डेढ दशक भान्साको अनुभव सँगालेका कुकहरुको हातबाट बनेका परिकारसँगै डिलक्स साइजको तोङ्वा र २२ फ्लेवरमा हुक्का समेत तान्न पाइन्छ। कुमारीपाटीस्थित युएफओ शो रुमको अगाडिको गल्लीमा रहेको महक रेष्टुरेण्टको भित्ता भने देशका विशिष्ट व्यक्तित्व र विदेशका खेलाडीहरुको तस्वीरले मनमोहक बनाएको छ।

अनुशील

comments powered by Disqus

रमझम