![](http://farm9.staticflickr.com/8106/8501581587_7b232b60db.jpg)
संजय श्रेष्ठ/मेलिना फोटो
पेशाले नर्स पण्डिता राई ५ फागुनमा विराटनगरमा सम्पन्न सौन्दर्य प्रतियोगितामा पूर्वाञ्चल सुपर मोडेल घोषित भइन्। मोडलिङ र फेशनमा भाग लिनासाथ फिल्ममा अभिनय गर्छु भन्नेहरु भन्दा उनको रुचि केही भिन्न छ, म्युजिक भिडियो र कर्पोरेट एडमा काम गर्ने। 'स्वास्थ्यकर्मी भएकाले महिला स्वास्थ्यमा पनि काम गर्ने इच्छा छ' पण्डिता भन्छिन्। सौन्दर्य प्रतियोगिताको फाइनलमा स्वास्थ्य क्षेत्रमै काम गर्ने बताएर उनले त्यही बेला आफ्नो रुचि सार्वजनिक गरेकी थिइन्। “ठूला मानिसले केही गर्न नसकेको बेला केही गरेर समाजको आइडल बन्न चाहन्छु”, पण्डिता भन्छिन्।
कमल रिमाल, विराटनगर