२० फागुन २०६९ | 3 March 2013

सुजाताको शास्त्रीय सुर

Share:
  

तस्वीर: ऋषिराम कट्टेल
सुजाता बर्मा (१९) शास्त्रीय संगीतमा खारिन थालेको हालै श्रोतामाझा आएको उनको भजन अल्बम भक्तिदर्शन ले पुष्टि गर्छ। तीन वर्षअघि नै संस्कार नामक रागको अल्बमबाट उनले शास्त्रीय संगीतमा हुने बिरुवाको चिल्लो पातको संकेत दिएकै थिइन्। नभन्दै २०६७ मा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा उनी प्रथम नै भइन्।

शास्त्रीय संगीतका गुरु विनय बर्माकी छोरी उनले बुबाबाटै शास्त्रीय गायन सिकेकी हुन्। प्रयाग संगीत समिति इलाहावादबाट सिनियर डिप्लोमा गर्दा गोल्डमेडल ल्याएकी सुजाताले सिर्जना कलेज अफ फाइन आर्टबाट संगीतमा प्लस टु पनि गरेकी छिन्।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम