२० फागुन २०६९ | 3 March 2013

आर्यनको ओरालो

Share:
  

प्रति फिल्म रु.७ लाख लिने गरेको दाबी छ, आर्यन सिग्देलको। तर, उनी अभिनीत फिल्महरु डुब्न थालेपछि राम्रा मानिएका निर्माता निर्देशक उनीसँग नजिक पर्र्नै छाडेका छन्।

धुवाँ यो नसा, के म तिम्रो साथी बन्न सक्छु, मेरो लभ स्टोरी, कलिउड जस्ता उनी अभिनीत फिल्म चलेनन्। अहिले उनी दयाराम दाहालको निर्देशनमा निर्माण भइरहेको फिल्म दबाब मा अभिनय गर्दैछन्। यसमा उनको पारिश्रमिक पनि घटेको बताइन्छ। उस्तै अभिनय र घमण्डी स्वभावले उनको करिअर ओरालो लागेको हुन सक्छ।

comments powered by Disqus

रमझम